• TOKHA LIVE

    • २ आश्विन २०७७, शुक्रबार १६:३६

    नेपालमा कोरोनाबाट थप ७ जनाको मृत्यु, २०२० संक्रमित थपिए:-

    टाेखा लाइभ ,असोज २ काठमाडौं :
    नेपालमा पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २०२० जनामा कोरोना संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
    पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९० पुगेको मन्त्रालयले बताएको छ । नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ४३ हजार ८२० पुगेको छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै