• TOKHA LIVE

    • २ आश्विन २०७७, शुक्रबार १०:२७

    राष्ट्रिय क्रिकेटर ललितसिंह भण्डारीको ग्राण्डी अस्पतालमा शल्यक्रिया सफल :-

    टाेखा लाइभ, असोज २ काठमाडौं

    आइतबार राति साढे सात बजे मोटरसाइकल सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका राष्ट्रिय क्रिकेटर ललित सिंह भण्डारीको ग्राण्डी अस्पतालमा सफल शल्यक्रिया सम्पन्न भएको छ।
    ग्राण्डी अस्पतालका निर्देशक तथा हाडजोर्नी विशेषज्ञ डाक्टर चक्रराज पान्डेको नेतृत्वमा ललितको जटिल शल्यक्रिया सपन्न भएको र उनको अवस्था स्थिर रहेको क्रिकेटर खेलाडी संघले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


    त्यसअघि उनको धनगढी र नेपालगन्जमा पनि उपचार भएको थियो।रातारात एम्बुलेन्सबाट कोहलपुर लगिएका भण्डारीलाई त्यहाँ सबै चेकजाँच गरेपछि काठमाडौं रिफर गरिएको थियो।

    क्रिकेटर भण्डारीको फोक्सो र कलेजोमा पनि चोट देखिएकाले उनको भाच्चिएको हात र दायाँ खुट्टाको शल्यक्रियामा ढिलाइ भएको थियो ।


    बुधबार साँझ पेटभित्रको समस्यामा सुधार आएपछि हिजो बिहानैदेखि शल्यक्रिया सुरु गरिएको हो ।आइतबार कन्चनपुरको झलारीमा मोटरसाइकल दुर्घटनामा परेका ललितलाई सोमबार बेलुका भण्डारीलाई थप उपचारका लागि हेलिकोप्टरबाट ग्राण्डी अस्पतालमा ल्याइएको थियो।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै