टाेखा लाइभ,असोज १ काठमाडौं :
नेपालमा पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८३ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १२४३ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।

