टाेखा लाइभ भाद्र ३० काठमाडौं :
नेपालमा पछिल्लो २४ घण्टामा देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १४५९ जनामा कोरोना संक्रमण पुष्टि भए सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
त्यसैगरी नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३७१ पुगेको मन्त्रालयले बताएको छ ।भने नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ४० हजार ६३८ पुगेको छ ।

