टाेखा लाइभ ,भाद्र २९ काठमाडौं :
नेपालमा पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको मन्त्रालयले बताएको छ ।
त्यसैगरी नेपालमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३६० पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ८७९ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।

