• TOKHA LIVE

    • २८ भाद्र २०७७, आईतवार १७:२४

    कोरोनाबाट नेपालमा थप ९ जनाको मृत्यु, १०३९ संक्रमित थपिए।

    टाेखा लाइभ भाद्र २८ काठमाडौं :

    नेपालमा पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ हजार १५९ पुगेको मन्त्रालयले बताएको छ ।

    त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ ४५पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ११७३ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन्।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै