• TOKHA LIVE

    • २८ भाद्र २०७७, आईतवार ०८:०२

    टोखा नगरपालिका वडा नं ५ मा ११५ जनाको स्वाव संकलन:-

    शोभा तामाङ

    टाेखा लाइभ भाद्र २८ काठमाडौं

    टोखा नगरपालिकामा बढ्दो कोरोना संक्रमितहरुको संख्यालाइ ध्यानमा राखी टोखा नगरपालिका वडा-५ मा मास कन्ट्रयाक्ट टेसिङ गरिएको छ। उक्त मास कन्ट्रयाक्ट टेसिङमा पहिचान गरिएका १३० जना व्यावसायिहरु मध्ये ११५ जनाको स्वाव संकलन गरिएको छ र उनि हरुको रिपोर्ट भने सोमबार आउने स्वास्थ्य शाखाका सन्तोष कुवरले बताएका छन ।

    हालसम्म टोखा-५ मा ४६ जनामा संक्रमण देखिएको र अब ठुलै संख्यामा परिक्षण गरि छिटो भन्दा छिटो टोखा-५ लाई कोरोना मुक्त वडा बनाउन अभियान नै थालिने टोखा नगरपालिका वडा-५ का वडा अध्यक्ष जगन्नाथ ढकालले बताएका छन ।

    अध्यक्षको अनुसार लकडाउन निषेधाज्ञा खुलेपनि स्वयंसेवकहरु नियमित परिचालन गरि सामाजिक सचेतनाका कार्यक्रमहरु संचालन गरि सामाजिक दुरि तथा विभिन्न उपायहरू अवलम्बन गरि कोरोना नियन्त्रण तथा व्यवस्थापनको लागी सक्रिय हुने उनले बताएका छन।

    (शोभा तामाङ सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )

    Facebook Comments

    छुटाउनुभयो कि? सबै