• TOKHA LIVE

    • २७ भाद्र २०७७, शनिबार २१:५७

    भाद्र २७ गते टोखा नगरपालिकामा २९ जनामा कोरोना संक्रमण पुष्टि:-


    नविना श्रेष्ठ
    टाेेेखा भाद्र २७, काठमाण्डौ

    टोखा नगरपालिकामा २९ जना कोरोना संक्रमण पुष्टि भएको छ। भाद्र २७ गते आज सम्म ३८२ पुगेको छ। जसमा १९८ जना निको भएका छन्। भने १८१ जना सकृय संक्रमित रहेका छन्। टोखा नगरपालिका वडा नं २ टोखा चण्डेश्वरी आइसोलेसन केन्द्रमा थप ७ जना भर्ना गरिएको छ। आज सम्म १७ जना कोरोना भाइरस संक्रमित रहेका छन्। होम आइसोलेसन मा १२३ जना रहेको छ। भने अस्पतालमा ५७ जना रहेका छन्। टोखा नगरपालिका वडा नं २मा कोरोना भाइरस कोभिड-१९ संक्रमण बढेकोले टोखा नगरपालिका का बासिन्दा हरुलाई सकेसम्म घर बाहिर ननिस्कने र निस्कनै परेमा जनस्वास्थ्य मन्त्रालयको नियम पालना गरि मास्क, स्यानिटाईजर , सामाजिक दूरी कायम गरी आफू सुरक्षित भई बस्न टोखा नगरपालिका का उपप्रमुख ज्ञान माया डंगोलले आग्रह गरेकी छिन्।
    PCR टेस्ट पछि रिपोर्ट पोजेटिभ आएपनि नआत्तिनु र आत्मबल कमजोर नगर्न उपप्रमुख डंगोलले सबैमा अनुरोध गरेका छन्। आज तिलिङ्टार मा.वि मा ७८ जना र वडा नं ५ मा श्री समाज भवनमा ११५ जना लाई PCR टेस्ट गरिएको छ। जम्मा १९३ जना संक्रमित को सम्पर्कमा आएका पिसिआर परिक्षण का लागि स्वाब संकलन गरिएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै