• TOKHA LIVE

    • २६ भाद्र २०७७, शुक्रबार ०६:५१

    भाद्र २५ गते टोखामा २१ जनामा कोरोना संक्रमण पुस्टि:-

    टाेखा लाइभ / नविना श्रेष्ठ

    काठमाडौं,भाद्र २५

    टोखा नगरपालिका मा कोरोना सङ्क्रमित को संख्या आज २१ जना थपिएको छ। आज सम्म ३३९ पुगेको छ। जसमा १५५ जना निको भएका छन्। भने १८१ जना सकृय संक्रमित रहेका छन्।

    टोखा न. पा वडा-२ मा अहिले सम्म कोही कोरोना सङ्क्रमित नरहेको र अस्थायी बसोबास एक जना व्यक्ति रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञानमाया डंगोलले जानकारी दिएकी छन । कोरोना सकृय संक्रमित मध्ये होम आइसोलेसनमा १२० छन्।

    त्यस्तै अस्पतालमा ५९ जना छन्। भाद्र २५ गते वडा नं ३ मा १०५ जना र वडा-११ मा ९७ जनाको कन्ट्याक ट्रेसिङको आधारमा २११ जनाको PCR परीक्षणको लागि स्वाव संकलन गरिएको छ।

    टोखा नगरपालिका टोखा चण्डेश्वरी आइसोलेसन केन्द्रमा भाद्र २५ गते २ जना कोरोना लाई जितेर घर फर्केको छ। भने थप ३ जना भर्ना गरिएको छ। आज सम्म १३ जना संक्रमित रहेको उपमेयर डंगोलले बताएकी छन ।

    टोखा नगरपालिका बाट घरमै होम आइसोलेसनमा बसेका कोरोना संक्रमितहरुलाई दिने भनिएको पोषण खर्च वितरण गर्ने प्रकृया सुरु गरेको टोखा नगरपालिकाका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकि छन ।

    (नविना श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )

    Facebook Comments

    छुटाउनुभयो कि? सबै