• TOKHA LIVE

    • २५ भाद्र २०७७, बिहीबार १७:०३

    नेपालमा थप ५ जनाको मृत्यु,संक्रमितको संख्या ५० हजार नाघ्यो:-

    टाेखा लाइभ भाद्र२५ काठमाडौं :

    देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४६५ पुगेको मन्त्रालयले बताएको छ । यसैगरी नेपालमा कोरोना संक्रमणबाट आज थप ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१७ पुगेको मन्त्रालयले बताएको छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै