• TOKHA LIVE

    • २४ भाद्र २०७७, बुधबार १८:०१

    कोरोनाबाट नेपालमा थप ६ जनाको मृत्यु, १०८१ संक्रमित थपिए:-


    टाेखा लाइभ भाद्र् २४ काठमाडौं :

    देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ हजार २१९ पुगेको मन्त्रालयले बताएको छ ।
    त्यसैगरी नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१२ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ९१८ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै