• TOKHA LIVE

    • २१ भाद्र २०७७, आईतवार ११:२०

    माछा मार्न जॉदा खोलाले बगाएर २ जना युवक बेपत्ता

    • अमृता नेपाली

    ताप्लेजुङ भदौ २१ ।ताप्लेजुङ सिरिजङघा गाउँपालिका वडा न ७ सुरुम्खिमका दुई पुरुष माछा मार्ने क्रममा खोलाले बगाएर शनिवार दिउँसो बेपत्ता भएका छ्न।

    सिरिजङ्घा गाउँपालिका ७ लुम्ला स्थित तावाखोलामा माछा मार्ने क्रममा जाल हान्दा सोही स्थानका ३२ बर्षिय सुर्यमान लिम्बू र ३६ बर्षिय सुमन लिम्बूलाई खोलाले बगाएको हो।उनीहरू संगै माछा मार्न गएका साथी गणेश राइले स्थानीय र प्रहरीलाई खबर गरेपछी प्रहरी चौकी खेवाङबाट खटिएको प्रहरी टोलिसहित स्थानीयले खोजीकार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिनु भएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै