टाेखा लाइभ भाद्र१८ काठमाडौं :
नेपालमा थप १ हजार २२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार २२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै काठमाडौं उपत्यकामा ४४५ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ३५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८७७ पुगेकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
त्यसैगरी नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २५७ पुगेको मन्त्रालयले बताएको छ ।

