टाेखा लाइभ,भाद्र १६ काठमाडौं :
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।आज काठमाडौं उपत्यकामा ४८१ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ३९३, भक्तपुरमा ३० र ललितपुरमा ५८ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको मन्त्रालयले बताएको छ ।
नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३९ पुगेको मन्त्रालयले बताएको छ ।

