टाेखा लाइभ,भाद्र १५ काठमाडौं : नेपालमा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
काठमाडौं उपत्यकामा २९८ कोरोना संक्रमित थपिएका मध्ये काठमाडौंमा १९०, भक्तपुरमा ४१ र ललितपुरमा ६७ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३९ हजार ४६० पुगेको मन्त्रालयले बताएको छ ।
नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२८ पुगेको मन्त्रालयले बताएको छ ।

