• हिक्मत डंगोल

टोखा लाइभ ।टोखा नगरपालिका वडा नं – २ का वडा अध्यक्ष दिपक राज जोशीले काठमांडौं र टोखाको संयुक्त युवा पुस्ता अभियानले ब्रजयोगिनीको वरिपरी गरेको सरसफाई कार्यक्रमको निरीक्षण सम्पन्न भएको छ | वडा अध्यक्ष दिपक राज जोशीको नेतृत्वमा वडाका स्थानीय सरोकारवाला सदस्य प्रेमकृष्ण शाही र पत्रकार समूह सहितको टोलिले निरीक्षण गरेको थियो|

“ फोहोर नफाल, अहम् त्याग । प्रेम र आध्यात्मिक शान्ति फैलिरहोस। आफ्नो घर आँगन आफै सफा गरौं, वातावरण संरक्षण गरौं र प्लाष्टिक झोला मुक्त सफा सुन्दर टोखा बनाऔं “ भन्ने नाराका विगत ४० दिन देखि तारे भीर र झोर देखि टोखा नगरपालिका वडा नं. २ भित्र रहेको व्रजयोगिनीको क्षेत्रको वरिपरी बृहत सरसफाई कार्यक्रम सम्पन्न भैरहेको छ ।

कार्यक्रममा व्रजयोगिनीलाई प्लाष्टिक झोला निषेधित क्षेत्र घोषणा गर्ने र यसको उकालो हिडने सडकको दायाँबायाँ रहेका प्लाष्टिकका फोहोर र अन्य फोहोर संकलन गरी युवा अभियानले २४ वटा ठुला प्लास्टिक ब्याग भित्र फोहोर उठाएर सघाएको थियो ।

“ उक्त अभियान सँगसँगै फोहोरलाई आ–आफूले व्यवस्थापन गर्नुपर्ने, फोहोरलाई सडक पेटीमा जलाउन नहुने, छड, इँटा जस्ता व्यापारिक सामाग्री राख्न रोक लगाउने र त्यस्ता सामाग्री तथा वातावरण दूषित पार्ने काम गरेमा नियमानुसार कारवाही गर्ने पहल गरिने वडा अध्यक्ष दिपक राज जोशीले टोखा लाइभलाई बताउनुभयो ।

कार्यक्रम अन्तर्गत व्रजयेगिनीको यात्रा शुरू हुने फेद क्षेत्रदेखि मन्दिरसम्म बृहत सरसफाई गरिएको थियो । उक्त अवसरमा उपस्थित युवा पुस्ता अभियानमा संलग्न हुनेहरूमा महेन्द्र थापा, शैलेंद्र शर्मा, मणिराज श्रेष्ठ, सविना श्रेष्ठ, सुवास, अशोक कुमार गुरुङ्ग लगायत १ दर्जन भन्दा वढी युवा पुस्तालाई वडा अध्यक्ष दिपक राज जोशीले हार्दिक धन्यवाद व्यक्त गर्दै फोहोर मुक्त मन्दिर बनाउन सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

“जसरी आफुले गरेको पाप घटाउन मन्दिर जान्छौँ त्यसरि नै आफुले गरेको फोहोर घटाउन सरसफाइमा जान जरुरी छ । जब हामीहरू बाटो वरिपरि को सब फोहोर उठाउदै थिए। मानिसहरू गाइगुइ कुराकानी गर्दे आजकल व्रजयोगिनीमा सरसफाई कार्यक्रम गरिनु को रहस्य के हो? के साच्चै मानिस अलि सचेत भएका हुन त?
कि कोही मन्त्री भ्रमणमा आउदैछ ? जस्ता प्रशनहरू गरेको सुने। म वहॉहरूलाई के भन्न चाहन्छु भन्ने सामाजिक परिवर्तनका लागि पहिले आफू परिवर्तन भएर मात्र समाज परिवर्तन हुन्छ त्यसैले परिवर्तनको सुरुवात आफैबाट गरौं।” नजिकको झाडीबाट वियरको शिशी टिप्दै बानेश्वरका युवा शैलेंद्रले भन्ने।

यस्तैगरी सीतापाइला घर भई यस युवा अभियानलाई साकार पार्न लागि परेका महेंद्र थापा क्षेत्री भन्नुहुन्छ- “ लकडाउनको कारण घर बस्दा बस्दै वाक्कदिक्क भैसकेको थियो। अब यसो प्रकृति नजिक गएर समय व्यतीत गरौं भन्ने लागेको थियो। हाम्रो मित्र अशोकले यस टोखामा सामाजिक कार्यमा सरसफाई कार्यक्रम गर्न जाऔं भनियो। वहॉकै आग्रहले म यहॉ आएको हुँ।सुन्दर प्रकृतिको काखमा अवस्थित टोखा बजार सोचे भन्दा मनमोहक लाग्यो”।

सरसफाई कार्यक्रममा उपस्थित सम्पूर्णलाई वडा सदस्य प्रेमकृष्ण शाहीले हार्दिक धन्यवाद व्यक्त गर्दै टोखालाई अझ सफा सुग्धर बनाउन सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

यस बारेमा संक्षिप्त कुराकानी गर्दे वडा अध्यक्ष दिपक राज जोशीले भन्ने- यस व्रजयोगिनीलाई सरकारले पर्यटकीय क्षेत्र बनाउने प्रतिबद्धता जनाएपनि अझै कार्यान्वयन नगरेको र टोखाको युवा पुस्ताको संलग्नतामा लकडाउनको समयमा प्राकृतिक रूपले बाटो बनाई अहिले सरसफाई कार्यक्रम गरिएको बताए । स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गर्नका लागि छिटो भन्दा छिटो खुडकिलो बनाउने प्रयास भइरहेको र अहिले बाटो भने जीर्ण अवस्थामा नरहेको पनि वडा अध्यक्ष दिपक राज जोशीले जानकारी दिए ।


