• TOKHA LIVE

      TOKHA LIVE

    • १६ भाद्र २०८३, मंगलवार १८:१५

    टोखा नगर प्रमुख प्रकाश अधिकारीद्वारा भोटेकोशी बाढीपछि शव व्यवस्थापनका लागि PPE हस्तान्तरण

    काठमाडौं / भोटेकोशी बाढीका कारण सिर्जित विपद्को कठिन घडीमा शव व्यवस्थापनमा खटिने जनशक्तिको सुरक्षालाई ध्यानमा राख्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले व्यक्तिगत सुरक्षा सामग्री (PPE) हस्तान्तरण गर्नुभएको छ।

    बाढीपछि आफन्त गुमाएका परिवारको पीडा अझै गहिरो छ। यस्तो संवेदनशील अवस्थामा शव खोजी, पहिचान तथा व्यवस्थापनमा खटिने सुरक्षाकर्मी र स्वयंसेवकको स्वास्थ्य सुरक्षालाई पनि उत्तिकै महत्त्व दिनुपर्ने आवश्यकता छ। यही मानवीय संवेदनालाई आत्मसात् गर्दै टोखा नगरपालिकाले PPE उपलब्ध गराएको हो।

    PPE हस्तान्तरण गर्दै नगरप्रमुख अधिकारीले विपद्को समयमा सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने बताउनुभयो। दुःखमा परेका परिवारसँग साथ र संवेदना बाँड्नु नै अहिलेको पहिलो आवश्यकता रहेको उहाँको भनाइ थियो।

    विपद्ले निम्त्याएको पीडामा सानो सहयोगले पनि ठूलो अर्थ राख्छ। भोटेकोशी बाढीबाट प्रभावित परिवारप्रति सहानुभूति प्रकट गर्दै शव व्यवस्थापनमा खटिने जनशक्तिको सुरक्षाका लागि गरिएको यो सहयोगले मानवीय संवेदनाको उदाहरण प्रस्तुत गरेको छ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै