• TOKHA LIVE

    • २६ श्रावण २०७७, सोमबार ०७:५२

    प्रथम महिलाद्वारा तीन अनाथ बालिकाकाे उद्दार:-

    टाेखा लाइभ / नविना श्रेष्ठ
    श्रावण २५ २०७७,काठमाडौं

    प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक अनौपचारिक कार्यक्रम मार्फत नेपालको प्रथम महिला राधिका शाक्यले sos बालगग्रामलाई तीन जना अनाथ बालिका हस्तान्तरण गर्नुभयो। आमाको हत्या गरेर बुबा कैदमा परे सँगै ती बालिकाहरू अलपत्र परेको थियो।

    गत फागु पूर्णिमाको दिनमा खोटाङ्ग जिल्ला स्थायी बसोबास भएका हाल दक्षिणकाली नगरपालिका वडा नं २ मा बस्दै आएका नविन राईले आफ्नै श्रीमती पुष्पा राईको हत्यागरे पचात अलपत्र परेका बालिकाहरुको बारेमा प्रधानमन्त्री पत्नी राधिका आफैले विभिन्न सञ्चार माध्यम मार्फत जानकारी पाएपछि उहाँकै आग्रहमा ती बालिकाहरूलाई उद्दार गरिएको जानकारी दिनुभयो।

    उनकै आग्रहमा अलपत्र बालिकाहरुको उद्दारमा सक्रिय रहेका बागमती प्रदेशका सभा सदस्य दिपक निरौला,वडाअध्यक्ष रामचन्द्र केसी लगाएत देशका शुभचिन्तक व्यक्तिहरूले राष्ट्रिय बाल अधिकार परिषद, बालबालिका खोजतलास केन्द्र र मानव सेवा आश्रम, संस्थाहरुको सहयोगमा यी बालिकाहरूको उदार गरेको छ। अभिभावक गुमाएका अनिशा राई १४ वर्ष, अनुष्का राई ८ वर्ष, आयुष्का राई ४ वर्ष को थियो। यी बालिकाहरूको भविष्य अन्धकार हुन नदिन ती बालिकाहरूको शिक्षा, स्वास्था र बसोबासको व्यवस्थापनको जिम्मा sos बालग्रामलाई दिइएको हो।

    सोहि कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथी समेत रहेका प्रधानमन्त्री ओलिले यो सरकार बालबालिका माहिला र ज्येष्ठ नागरिकको कुरामा निकै सचेत रहेको बताएका थिए।
    सरकार एक्लैले सडक मानव र सहयोगापेक्षी रहित देश बनाउन
    नसकिने भन्दै प्रधानमन्त्री ओलीले यसमा सबैको सामुहिक पहल आवस्यक रहेको बताउदै अप्ठ्यारो मा परेका सबैलाई सधैं साथ सहयोग र उद्धार गर्नु हामी सबैले आफ्नो दायित्व ठाने मात्र सुखी नेपाली समृद्ध नेपाल हुने उहाँले बताउनु भयो।

    sos बालग्राम नेपालका राष्ट्रिय निर्देशक ईश्वरी प्रसाद शर्मा लाई राष्ट्रिय बाल अधिकार परिषदका कार्यकारी निर्देशक मिलन राज धरेल ले पत्र समेत हस्तान्तर गर्नुभयो । कार्यकम मा बागमती प्रदेशका प्रदेश सभा सदस्य दिपक निरौला sos बालग्राम नेपालका राष्ट्रिय निर्देशक ईश्वर प्रसाद शर्मा, राष्टिय निदेर्शक परिषदका कार्यकारी निर्देशक मिलन राज धरेल लगायतको उपस्थिति थियो।

    ( नविना श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

    Facebook Comments

    छुटाउनुभयो कि? सबै