TokhaLive
  • टोखा बिशेष
  • समाचार
    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
    • बिज्ञान/प्रविधि
  • समाज
  • कला संस्कृति
  • विचार
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य

Trending now

  • सम्वत् सम्बन्धी नीति खोइ ? November 8, 2026
  • एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी November 8, 2026
  • पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल November 7, 2026
  • विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक November 7, 2026
  • दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष November 5, 2026

युनेस्कोको रचनात्मक सहर सञ्जालमा कामपा र ललितपुर महानगर सदस्य

  • Avatar photo

    TOKHA LIVE

  • June 12, 2026
युनेस्कोको रचनात्मक सहर सञ्जालमा कामपा र ललितपुर महानगर सदस्य
  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link

काठमाडौँ, २९ जेठः चलचित्र विधाबाट काठमाडौँ महानगरपालिका र सङ्गीत विधाबाट ललितपुर महानगरपालिका युनेस्कोको रचनात्मक सहर सञ्जालमा सदस्य बनेका छन् । काठमाडौँ उपत्यकाका स्थानीय तहमध्ये काठमाडौँ महानगरपालिका चलचित्र विधाबाट र ललितपुर महानगरपालिका सङ्गीत विधाबाट युनेस्कोको रचनात्मक सहर सञ्जालमा सदस्य बनेपछि स्थानीय तहसँगै युनेस्को, ब्रिटिस काउन्सिल, एफसीए, आइएलओसहित निकाय तथा कार्यालय र रचनात्मक क्षेत्रसँग आवद्ध व्यक्तिहरूले संयुक्त प्रयास थालेका हुन् । रचनात्मक उद्योगको विकास र विस्तारका लागि कल्चरल एण्ड क्रिएटिभ इन्डष्ट्रिज फ्रेन्डस ग्रुप (फर सिसीआई) निर्माण गरेर आपसी अभ्यास, ज्ञान, सीप अनुभव आदानप्रदान गर्न थालिएको कामपाका कार्यवाहक नगरप्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो ।
यसको पहिलो बैठक ललितपुर महानगरपालिकाले आयोजना गरेको थियो । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख डङ्गोलको अध्यक्षतामा दोस्रो बैठक सम्पन्न भएको छ । बैठकमा आफूले चयन गरेको विधा र यसअन्तर्गत सम्पन्न कामका विषयमा जानकारी गराउने क्रममा कामपाका कार्यवाहक प्रमुख डङ्गोलले, चलचित्र विधाले रचनात्मक उद्योगका अरु विधालाई चलचित्रबाट समेट्न सकिने र समुदायस्तरमा रचनात्मक अर्थतन्त्रलाई चलायमान बनाउन सकिने भएकाले काठमाडौँले चलचित्र विधा चयन गरेको बताउनुभयो । उहाँका अनुसार काठमाडौँका समुदायभित्र लुकेका कथालाई चलचित्रको कथामार्फत पात्रसँग जोड्न सकिने, काठमाडौँलाई खुला स्टुडियोका रूपमा विकास गर्न सकिन्छ ।
“सार्वजनिकस्थलमा सामाजिक, सांस्कृतिक तथा पारिवारिक विषयमा आधारित चलचित्र प्रदर्शन गरेर समुदायलाई यसप्रति रुचि जगाउनु, चलचित्र संवाद गर्नु, शिक्षा, सूचना र सन्देशका विषय जोड्नु यसका मुख्य क्रियाकलाप हुन्”, प्रमुख डङ्गोलले भन्नुभयो, “यसले चलचित्रमा निर्माता, निर्देशक, कथाकारसँग समुदायको सम्बन्ध स्थापित गरेर उत्पादनस्थल उपलब्ध गराउनु र समुदायमा आय वृद्धि गराउनु र जनहितअनुसार नतिजा प्राप्त गर्नु रहेका छन् । समुदायमा भएका तर आयआर्जन हुन नसकिरहेका क्षेत्रलाई आयसँग जोडेर तथा यससँग सम्बन्धित कर प्रणालीलाई सहज बनाएर सहजीकरणको काम गर्दैछौँ”, उहाँले भन्नुभयो । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरले सङ्गीत विधाबाट युनेस्को क्रिएटिभ सिटीज नेटवर्कमा सदस्यता प्राप्त गरेको जनाउँदै यसलाई समुदायस्तरमा अभ्यास बढाउने तथा अन्तरराष्ट्रियस्तरमा परिचित गराउने कामसँग सम्बन्धित प्राथमिक योजना रहेको बताउनुभयो । रचनात्मक अर्थतन्त्र, दिगो विकासको प्रवर्द्धन, रोजगारी सृजना, अन्तरसम्बन्ध विकास, सहयोग र साझेदारी विस्तारका लागि स्थानीय सरकार र अन्तरराष्ट्रिय संस्थाहरूको साझा मञ्चका रूपमा यो समूहलाई अगाडि बढाउन खोजिएको उहाँको भनाइ छ ।

  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link
सम्बन्धित खवर
सम्वत् सम्बन्धी नीति खोइ ?

सम्वत् सम्बन्धी नीति खोइ ?

November 8, 2026
एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी

एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी

November 8, 2026
पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल

पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल

November 7, 2026
विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक

विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक

November 7, 2026
दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष

दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष

November 5, 2026
टोखा –४ धापासीमा रैथाने कृषि तथा व्यापार मेला हुँदै

टोखा –४ धापासीमा रैथाने कृषि तथा व्यापार मेला हुँदै

November 5, 2026
  • छुटाउनुभयो कि? सबै
    सम्वत् सम्बन्धी नीति खोइ ?

    सम्वत् सम्बन्धी नीति खोइ ?

    एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी

    एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी

    पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल

    पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल

    विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक

    विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक


    सोसल मिडिया

    Follow us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    हाम्रो टिम

    अध्यक्ष प्रकाशक तथा सम्पादक
    सानुराज डंगोल
    सूचना विभाग दर्ता प्रमाण पत्र नं- २३६५/ ०७७-७८

    समाचार

    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • राजनीति
    • खेलकुद़़
    • आर्थिक

    मनोरञ्जन

    • गीत/संगीत
    • फिल्मी खबर
    • बलिउड / हलिउड
    • गशिप
    • माेडल वाच

    © TokhaLive. All Rights Reserved

    • हाम्रो बारेमा
    • हाम्रो टिम

    Developed By : Ashok Dangol