काठमाडौँ, २६ जेठः राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल बाट गृहमन्त्री सुदन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन ले पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाह को सिफारिसमा सुदन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गरिएको हो। सम्पत्ति विवरणसम्बन्धी प्रश्न उठेपछि उनले यसअघि पदबाट राजीनामा दिएका थिए।
सरकारले उक्त विषयमा छानबिन समिति गठन गरेको थियो। समितिको प्रतिवेदन प्रधानमन्त्रीसमक्ष बुझाइएपछि मन्त्रिपरिषद्ले त्यसलाई स्वीकृत गर्दै गुरुङलाई पुनः गृहमन्त्री बनाउने निर्णय गरेको हो।
यससँगै गुरुङले फेरि गृह मन्त्रालयको नेतृत्व सम्हालेका छन्।
त्यस्तै, महावीर पुनलाई सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा प्रस्ताव गरेपछि उनले जिम्मेवारी स्वीकार गरेका हुन्।

