• TOKHA LIVE

      TOKHA LIVE

    • २६ जेष्ठ २०८३, मंगलवार १५:४६

    मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक

     

    काठमाडौँ, २६ जेठः  सरकारले पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङ अध्ययन तथा छानबिन समिति गठन गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ ।

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गुरुङ अध्ययन तथा छानबिन समिति गठन गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको हो ।

    यसैगरी, निजामती सेवा १६औँ संसदीय नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।

    त्यस्तै, ऊर्जा क्षेत्रको विकासका लागि महत्त्वपूर्ण मानिएका चारवटा जलविद्युत् आयोजनाहरूलाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।

    यसअन्तर्गत तल्लो अरुण, तल्लो न्यादी खोला, भुन्छा खोला र तादी खोला जलविद्युत् आयोजनाहरूले वन क्षेत्र प्रयोग गर्न पाउनेछन् ।

    विशाल कुमार भण्डारी (दोलखा)को अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको ९ सदस्य समितिको तदर्थ गठन गर्ने निर्णय गरेको छ ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै