काठमाडौँ २९ फागुन : बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्वप्रधानमन्त्री केपि शर्मा ओलिप्रति पितृशोकमा समवेदना व्यक्त गर्नुभएको छ।
उहाँले संस्कृत श्लोक “नास्ति पितृसमं त्राता, नास्ति पितृसमो गुरुः। नास्ति पितृसमं दैवं, तस्मै श्रीपितृदेवाय नमः॥” उद्धृत गर्दै पिताको महत्त्वको स्मरण गर्नुभएको छ।
बालेनले पिताजस्तो रक्षक, गुरु र देवता कोही नहुने उल्लेख गर्दै केही समयअघि आफैंले पनि पिता गुमाएकाले पिताको अनुपस्थितिले जीवनमा कति ठूलो रित्तोपन र अपूरणीय अभाव ल्याउँछ भन्ने आफूले नजिकबाट अनुभूति गरेको बताउनुभएको छ।
उहाँले पूर्वप्रधानमन्त्री ओलीप्रति पर्न गएको पितृशोकमा हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत पिताप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। साथै उहाँले दिवंगत आत्माको वैकुण्ठवासको कामना गर्नुभएको छ।

