• TOKHA LIVE

    • २७ माघ २०८२, सोमबार २०:५२

    बौद्ध–मेलम्ची घ्याङ गुठीका प्रमुख लामालाई पदमा पुनः बहाल

     

    काठमाडौँ, २६ माघः निर्वाचन आयोगले बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख लामा भूपतिबज्र लामालाई साविककै पदमा बहाल गर्ने निर्णय गरेको छ। आयोगले संस्थानलाई माघ २७ गते कार्यालय समयमा यसबारे जानकारी गराउन पत्राचार गरेको छ।
    संस्थानले माघ ९ गते प्रमुख लामा भूपतिबज्रलाई पदबाट हटाउने निर्णय गरेको थियो। लामाले यस निर्णयविरुद्ध माघ १३ गते आयोगमा उजुरी गरेका थिए। आयोगले स्पष्टीकरण माग्दा संस्थानको जवाफ पर्याप्त नभएको देखिएपछि लामा पदमा पुनः बहाल गर्ने निर्णय गरेको हो।
    आयोगको पत्रमा उल्लेख छ कि संस्थानले पुस २३ गते गठन गरेको उपसमितिको प्रतिवेदनमा आधारित भएर मात्र लामा नियुक्ति प्रक्रिया अघि बढाएको देखिँदैन। संस्थानको माघ ९ गतेको निर्णय न्यायसंगत र निर्वाचन आचारसंहिता अनुसार नभएको कारण लामालाई पूर्ववत् पदमा बहाल गर्ने निर्णय आयोगले गरेको हो।
    संस्थानका सूचना अधिकारी जनक पोखरेलले आयोगको पत्र प्राप्त भएको पुष्टि गर्दै लामा पदमा यथावत् रहने जानकारी दिनुभयो।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै