TokhaLive
  • टोखा बिशेष
  • समाचार
    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
    • बिज्ञान/प्रविधि
  • समाज
  • कला संस्कृति
  • विचार
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य

Trending now

  • काठमाडौं जिल्ला चौबिसै घण्टा खुला गर्ने तयारी, सुरक्षा र पूर्वाधार व्यवस्थापनमा प्रशासनको जोड November 19, 2026
  • ​ग्राण्डी अस्पतालमा ‘अन्तर्राष्ट्रिय प्याथोलोजी सप्ताह–२०२६’ मनाइयो  November 19, 2026
  • वंशजको नागरिकता निरन्तरता भए १० गुणासम्म लगानी बढ्छ : डा. काफ्ले November 19, 2026
  • काठमाडौंमा मङ्सिर ७ देखि जलवायु कार्य सप्ताह हुदैँ  November 19, 2026
  • आगामी पुस २० गते प्रथम गैरआवासीय नेपाली विश्व महिला सम्मेलन हुने  November 19, 2026

आचारसंहिता उल्लङ्घन गरेको आरोपमा आयोगद्वारा स्पष्टीकरण माग

  • Avatar photo

    TOKHA LIVE

  • January 27, 2026
आचारसंहिता उल्लङ्घन गरेको आरोपमा आयोगद्वारा स्पष्टीकरण माग
  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link

काठमाडौँ, १३ माघः निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा राजनीतिक दल, उम्मेदवार, सामाजिक संस्था र विद्यालय गरी विभिन्न सात व्यक्ति तथा निकायलाई स्पष्टीकरण सोधेको छ । नेपाल जनसेवा पार्टीकी प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार जानुका पाठक (शोभा पाठक) लाई सामाजिक सञ्जालमा त्यसै निर्वाचन क्षेत्रका अर्का उम्मेदवार तथा पार्टी विरुद्ध गाली, भ्रामक वा द्वेषपूर्ण र व्यक्तिगत मानहानि गर्ने सामग्री प्रसारण गरी आचारसंहिताको उल्लङ्घन हुने कार्य गरेको हो वा होइन भनी स्पष्टीकरण सोधेको आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसले राससलाई जानकारी दिनुभयो । जसअन्तर्गत निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (ञ) र (ण) उल्लङ्घन गरेको हो वा होइन भनी उहाँलाई आयोगले स्पष्टीकरण सोधेको हो । त्यसैगरी श्रम संस्कृति पार्टीलाई पनि आयोगले दलको लोगो, नाम, चिह्न र उम्मेदवारको तस्बिर अङ्कित टिसर्ट लगाई बालबालिकाको प्रयोग गरेर आचारसंहिताको उल्लङ्घन गरेको हो वा होइन भनी स्पष्टीकरण सोधेको उहाँले बताउनुभयो । यसबाट निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (घ) उल्लङ्घन भएको ठहर गर्दै आयोगले स्पष्टीकरण सोधेको हो । जनसेवा पार्टीकै अर्का उम्मेदवार कमल भुसाल (डा निकोलस) लाई पनि आयोगले सामाजिक सञ्जाल समेतमा सार्वजनिक गरेको जुत्ता सम्बन्धमा जेनजी आन्दोलनमा रगतमा लतपतिएको भाइरल जुत्ता अमुक व्यक्तिको रहेको र सो जुत्ता दरुपयोग भएको भनी उजुरी पर्न आएकाले आयोगले स्पष्टीकरण सोधेको छ । नेपाल स्वास्थ्य स्वयम्सेवक सङ्घलाई ट्रेड युनियनको अधिवेशन गर्न लागेको भन्ने विषयको उजुरी प्राप्त भएकाले यसमा के कसो भएको हो ? कुन मितिमा अधिवेशन गर्न लागेको हो भनेर स्पष्टीकरण सोधेको आयोगले जनाएको छ । आयोगले स्वास्थ्य स्वयम्सेवक सङ्घलाई तीन दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको छ । आधारभूत विद्यालय, श्रीसिया, आदर्शचोकलाई विद्यालयमा कार्यरत बालविकास शिक्षिका सन्तोषी गुप्तालाई एवं जोरजुलम करकाप प्रयोग गरी सरुवा गरिएको भन्ने व्यहोराको उजुरी प्राप्त भएकाले यस विषयमा के कसो भएको हो ? भनी स्पष्टीकरण सोधिएको छ । निर्वाचन आचारसंहिता, २०८२ को दफा १० को खण्ड (च) अनुसार सो विद्यालयलाई स्पष्टीकरण सोधिएको पनि आयोगले जनाएको छ । विद्यालयलाई दुई दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगले निर्देशन दिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) का भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं २ का उम्मेदवार महेश बस्नेतलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ । मधेसी समुदायको संस्कृति र पहिचानमाथि प्रहार, भाषिक नश्लवाद र घृणास्पद अभिव्यक्ति दिएकाले कारबाही गरी पाऊँ भन्ने विषयको उजुरी पर्न आएकाले उजुरीमा उल्लेख गरिएजस्तो अभिव्यक्ति दिनुभएको हो वा होइन भनी आयोगले स्पष्टीकरण सोधेको हो । यसबाट नेपालको संविधानको धारा १८, निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (ठ), सोही आचारसंहिताको दफा १३ को उपदफा (१) को (ञ), मुलुकी अपराधसंहिता, २०७४ को दफा १५६ र विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को पनि उल्लङ्घन भएको हो होइन भनी आयोगले बस्नेतसँग जवाफ माग गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहलाई सार्वजनिक बहसका लागि एमाले अध्यक्षले सामाजिक सञ्जालमा राखेको विषयमा लेखेको प्रतिक्रियाका बारेमा स्पष्टीकरण सोधेको आयोगले जनाएको छ । आयोगले यसअघि निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने दल, उम्मेदवार, सामाजिक संस्था, सरकारी निकायलगायत आठवटा निकायलाई स्पष्टीकरण सोधेको थियो । आजसमेत गरी आयोगले आचारसंहिता विपरीत काम गरेको उजुरी आएको भनी १५ वटा स्पष्टीकरण सोधेको छ । त्यसमध्ये हालसम्म एउटाको मात्र जवाफ प्राप्त भएको जनाइएको छ ।

  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link
सम्बन्धित खवर
काठमाडौं जिल्ला चौबिसै घण्टा खुला गर्ने तयारी, सुरक्षा र पूर्वाधार व्यवस्थापनमा प्रशासनको जोड

काठमाडौं जिल्ला चौबिसै घण्टा खुला गर्ने तयारी, सुरक्षा र पूर्वाधार व्यवस्थापनमा प्रशासनको जोड

November 19, 2026
​ग्राण्डी अस्पतालमा ‘अन्तर्राष्ट्रिय प्याथोलोजी सप्ताह–२०२६’ मनाइयो 

​ग्राण्डी अस्पतालमा ‘अन्तर्राष्ट्रिय प्याथोलोजी सप्ताह–२०२६’ मनाइयो 

November 19, 2026
वंशजको नागरिकता निरन्तरता भए १० गुणासम्म लगानी बढ्छ : डा. काफ्ले

वंशजको नागरिकता निरन्तरता भए १० गुणासम्म लगानी बढ्छ : डा. काफ्ले

November 19, 2026
काठमाडौंमा मङ्सिर ७ देखि जलवायु कार्य सप्ताह हुदैँ 

काठमाडौंमा मङ्सिर ७ देखि जलवायु कार्य सप्ताह हुदैँ 

November 19, 2026
आगामी पुस २० गते प्रथम गैरआवासीय नेपाली विश्व महिला सम्मेलन हुने 

आगामी पुस २० गते प्रथम गैरआवासीय नेपाली विश्व महिला सम्मेलन हुने 

November 19, 2026
विश्व सीओपीडी दिवस: फोक्सोलाई स्वस्थ राखौँ, सहज जीवन बिताऔँ

विश्व सीओपीडी दिवस: फोक्सोलाई स्वस्थ राखौँ, सहज जीवन बिताऔँ

November 18, 2026
  • छुटाउनुभयो कि? सबै
    काठमाडौं जिल्ला चौबिसै घण्टा खुला गर्ने तयारी, सुरक्षा र पूर्वाधार व्यवस्थापनमा प्रशासनको जोड

    काठमाडौं जिल्ला चौबिसै घण्टा खुला गर्ने तयारी, सुरक्षा र पूर्वाधार व्यवस्थापनमा प्रशासनको जोड

    ​ग्राण्डी अस्पतालमा ‘अन्तर्राष्ट्रिय प्याथोलोजी सप्ताह–२०२६’ मनाइयो 

    ​ग्राण्डी अस्पतालमा ‘अन्तर्राष्ट्रिय प्याथोलोजी सप्ताह–२०२६’ मनाइयो 

    वंशजको नागरिकता निरन्तरता भए १० गुणासम्म लगानी बढ्छ : डा. काफ्ले

    वंशजको नागरिकता निरन्तरता भए १० गुणासम्म लगानी बढ्छ : डा. काफ्ले

    काठमाडौंमा मङ्सिर ७ देखि जलवायु कार्य सप्ताह हुदैँ 

    काठमाडौंमा मङ्सिर ७ देखि जलवायु कार्य सप्ताह हुदैँ 


    सोसल मिडिया

    Follow us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    हाम्रो टिम

    अध्यक्ष प्रकाशक तथा सम्पादक
    सानुराज डंगोल
    सूचना विभाग दर्ता प्रमाण पत्र नं- २३६५/ ०७७-७८

    समाचार

    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • राजनीति
    • खेलकुद़़
    • आर्थिक

    मनोरञ्जन

    • गीत/संगीत
    • फिल्मी खबर
    • बलिउड / हलिउड
    • गशिप
    • माेडल वाच

    © TokhaLive. All Rights Reserved

    • हाम्रो बारेमा
    • हाम्रो टिम

    Developed By : Ashok Dangol