Trending now
टोखाबाट देखिए उत्तरतर्फका हिमाल, सुनौलो किरणले हिमशृङ्खला चम्किए
२०८३ कार्तिक १४, शनिवार
१५ वर्षपछि टोखामा सामूहिक म्हः पूजा हुँदै, नेवाः गुथिले थाल्यो तयारी
२०८३ कार्तिक १४, शनिवार
वर्षाका कारण एनपीएलको खेल रद्द, लुम्बिनी र चितवनले अंक बाँडे
२०८३ कार्तिक १४, शनिवार
प्रहरी धरपकड र पक्राउविरुद्ध पत्रकारहरु सडकमा
२०८३ कार्तिक १४, शनिवार
‘काठमाडौं कथा नै कथामा बाँचेको सहर हो’ : कार्यवाहक प्रमुख डंगोल
२०८३ कार्तिक १४, शनिवार
काठमाडौँ १३ माघ । काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा शिक्षक, कर्मचारी तथा विद्यार्थीको हाजिरी प्रणालीलाई ७ दिनभित्र पूर्ण रूपमा डिजिटल बनाउन कार्यवाहक प्रमुख सुनिता डंगोलले शिक्षा विभाग र सूचना प्रविधि विभागलाई निर्देशन दिनुभएको छ।
चालु आर्थिक वर्षमा सम्पन्न भएका काम, सुरु गरिएका असल अभ्यास र आगामी दिनमा आवश्यक नीतिगत सहजीकरणका विषयमा जानकारी लिने क्रममा आज आयोजित विभागीय छलफलमा डंगोलले यस्तो निर्देशन दिनुभएको हो।
छलफलका क्रममा उहाँले शैक्षिक नियमितता विद्यार्थीमा मात्र नभई शिक्षक र कर्मचारीमा पनि अनिवार्य हुनुपर्ने बताउनुभयो।
“दिवा खाजालाई डिजिटल हाजिरीसँग आवद्ध गरिनुपर्छ,” उहाँले भन्नुभयो, “हामी एसईईको नजिक छौँ। अघिल्लो वर्षको नतिजालाई क्रमशः सुधार गर्दै लैजानुपर्छ। तयारी कक्षा, अतिरिक्त कक्षा, शिक्षक तथा कक्षा थपजस्ता आवश्यक काममा कुनै कमजोरी हुनु हुँदैन। तथ्यले नतिजामा सुधार देखिनुपर्छ, यसमा कसैलाई छुट हुँदैन।”
बैठकमा भृकुटीमण्डपस्थित पुस्तकालयमा गरिएको सहयोगबाट प्राप्त उपलब्धि, सामुदायिक विद्यालयको पूर्वाधार परीक्षण प्रतिवेदन, शिक्षामा सिप कार्यक्रमको गुणस्तर तथा सुधारका विषयमा समेत छलफल गरिएको थियो।
यस्तै दर्ता भएर पनि सञ्चालनमा नरहेका विद्यालय खारेजी प्रक्रिया, सामाजिक विकास विभागअन्तर्गत व्यवसायका रूपमा दर्ता भई सञ्चालित प्रारम्भिक बाल विकास कक्षाको व्यवस्थापन, विद्यालयस्तरका खेलकुद तथा अतिरिक्त क्रियाकलापका विषयहरू पनि छलफलमा समेटिएका थिए।
छलफलमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, प्रशासन विभाग प्रमुख ध्रुवकुमार काफ्ले, सूचना प्रविधि विभाग प्रमुख अनिरुद्र नेपाललगायत सम्बन्धित अधिकारीहरूको सहभागिता रहेको थियो।

