• TOKHA LIVE

    • ११ पुष २०८२, शुक्रबार १०:४४

    ज्यापु महागुथि नेपाःको साधारणसभा भव्य रूपमा सम्पन्न

     

    ज्यापु पहिचान, संस्कृति र एकताको सशक्त सन्देश

    ललितपुर पौष ११ /ज्यापु समुदायको राष्ट्रिय संगठन ज्यापु महागुथि नेपाःको वार्षिक साधारणसभा ललितपुरको थेच्वमा बिहीबार सम्पन्न भएको छ। साधारण सभा अघि देशभरका ज्यापु प्रतिनिधिहरु भेला भई थेच्वमा सांस्कृतिक झाकि सहित नगर परिक्रमा गरिएको थियो ।

    ज्यापु महागुथि नेपाः केन्द्रीय समितिको आयोजनामा सम्पन्न विशेष कार्यक्रममा ज्यापु समुदायको ऐक्यबद्धता, सांस्कृतिक गौरव र पहिचान संरक्षणप्रतिको प्रतिबद्धता जनाउदै सहजरूपमा सञ्चालन गरिएको कार्यक्रममा समुदायका अग्रजदेखि युवा पुस्तासम्मको उल्लेखनीय सहभागिता रहेको थियो।
    कार्यक्रमको अध्यक्षता ज्यापु महागुथि नेपाःका अध्यक्ष सत्य नारायण डंगोलले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा बागमती प्रदेशका पूर्व मन्त्री माननीय मिन कृष्ण महर्जन र माननीय प्रेम भक्त महर्जनको गरिमामय उपस्थिति रहेको थियो। विशिष्ट अतिथिहरूमा बागमती प्रदेश सभासद् माननीय रघुनाथ महर्जन, गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जन ,उपप्रमुख मुना अधिकारी , महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी यम कुमार श्रेष्ठ तथा गोदावरी नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष जगत बहादुर महर्जन सहभागी हुनुहुन्थ्यो।
    कार्यक्रममा ज्यापु संस्कृति विकास कोषका अध्यक्ष मंगल कृष्ण सी, ज्यापु समाज यलका अध्यक्ष सन्त मान महर्जन (नारायण परिवार क्लब )(उपत्यका विशेष) का संरक्षक राज भाइ महर्जन लगायत विभिन्न सामाजिक, सांस्कृतिक तथा संस्थागत प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

    त्यसैगरी ज्यापु महागुथि नेपाःका संरक्षकहरू राज भाइ जक:मी, सन्तु महर्जन र ज्ञान कुमार महर्जन, सल्लाहकार अष्टमान महर्जन, वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र डंगोल, प्रथम उपाध्यक्ष मचा राजा महर्जन, द्वितीय उपाध्यक्ष सरिता महर्जन, महासचिव बेखा नारायण डंगोल, सचिवहरू सरिता महर्जन र बुद्धि लक्ष्मी महर्जन, कोषाध्यक्ष बुद्धि लाल महर्जन तथा सह–कोषाध्यक्ष कुल बहादुर महर्जनको सक्रिय सहभागिता कार्यक्रम सप्पन्न भएको थियो।
    यसका साथै काठमाडौँ महानगर समिति, यल, किपु, पश्चिम, उत्तर, नगदेस, टिस्टुङ–पालुङ, शंखरापुर र हेटौँडा लागा समितिका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थितिले कार्यक्रमलाई अझ व्यापक र समावेशी बनाएको थियो। विश्व किर्तिमानी सगरमाथा आरोही कल्पना महर्जनको उपस्थितिले कार्यक्रममा विशेष प्रेरणा र आकर्षण थपियो।

    कार्यक्रममा मन्तव्य वक्ताहरूले ज्यापु समुदायले इतिहासदेखि वर्तमानसम्म पुर्‍याउँदै आएको सामाजिक, सांस्कृतिक र आर्थिक योगदानको चर्चा गर्दै भावी पुस्तामा संस्कृति, भाषा र पहिचान हस्तान्तरण गर्नु आजको आवश्यकता भएको धारणा व्यक्त गरेका थिए। उनीहरूले समुदायबीच आपसी एकता, सहकार्य र संस्थागत मजबुतीमार्फत मात्रै संस्कृतिको दीर्घकालीन संरक्षण सम्भव हुने बताए।

    साधारणसभाले ज्यापु महागुथि नेपाःको भावी कार्यक्रम तर्जुमा गर्दै ज्यापु जातिको विकासका लागि विविध योजना अघि सारिएको थियो ।
    कार्यक्रमको अन्त्यमा ज्यापु महागुथि नेपाःले यस प्रकारका कार्यक्रमहरूले समुदायलाई जोड्ने, पहिचानलाई जीवन्त राख्ने र सामाजिक सद्भावलाई मजबुत बनाउने विश्वास व्यक्त गर्दै आगामी दिनमा अझ व्यापक सहभागितासहित कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएको थियो ।

    लोककवि राजभाइ जकः मि सम्मानित

    ज्यापु महागुथि नेपालले वरिष्ठ साहित्यकार तथा लोककवि राजभाइ जकः मिलाई ‘हना–पौ’ सम्मान प्रदान गरिएको थियो ।

    ज्यापु महागुथि नेपालका संरक्षकसमेत रहनुभएका लोककवि राजभाइ जकः मिजुले पुर्‍याउनुभएको अमूल्य योगदानको उच्च कदर गर्दै जकमिलाई सम्मान प्रदान गरियो।
    स्वर्गीय बाबु तुयु महर्जन र आमा श्रीमाया महर्जनका सुपुत्र राजभाइ जकः मिजले आफ्नो सम्पूर्ण जीवन साहित्यिक साधनामा समर्पित गर्दै आउनुभएको छ। उहाँका मौलिक कविता, गीत, खण्डकाव्य तथा विभिन्न साहित्यिक सिर्जनाले समाजमा चेतना फैलाउनुका साथै सांस्कृतिक जागरण र नयाँ पुस्तालाई प्रेरणादायी योगदान पुर्‍याउनु भएको थियो।

    नेपाल भाषाका ख्यातिप्राप्त लोककवि राजभाइ जक:मिलाई जनस्तरबाट  ‘नेपा: रत्न’ पदवीबाट सम्मानित हुनुभएको छ।  उहाँ ‘जगत सुन्दर’ब्वनेकुथी नेपालभाषा विद्यालयका संस्थापकसमेत हुनुहुन्छ। आदिवासी ज्यापु समुदायको परम्परा, संस्कृति र नेपाल भाषाको संरक्षण तथा जातीय हक अधिकारको पक्षमा उहाँको योगदान उल्लेखनीय रहँदै आएको छ। साथ साथै उहाँले ज्यापु देय् छें निर्माणको नेतृत्वमार्फत पनि उहाँले समुदाय सशक्तीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ।

    उहाँसंगै सगरमाथा आरोही पत्रकार कल्पना महर्जन ,स्वयंभु राज डंगोल र रमेशमान मुनिकारलाई समेत सम्मान गरिएको थियो ।

    उद्घोषण सानू महर्जनले संचालन गर्नुभएको थेच्वमा सम्पन्न सांस्कृतिक कार्यक्रम सफलतापूर्वक सम्पन्न हुन सहयोग, सहकार्य र निरन्तर साथ दिनुहुने सम्पूर्ण संघ–संस्था, खलः,पुचः तथा व्यक्तिहरूप्रति आयोजक ज्यापु महागुथि नेपाःपरिवारले हार्दिक धन्यवाद ज्ञापन गरियो ।

    कार्यक्रमको सांस्कृतिक गरिमा र मौलिक पहिचानलाई जीवन्त बनाउने उद्देश्यले थेच्व सांस्कृतिक बाजा संरक्षण समितिअन्तर्गतका न्हुच्छे दाफा खलः, सरस्वती धिमय् खलः, कुटुझो बाँसुरी खलः, खाचा धिमय् खलः, तःननी बाँसुरी खलः, ब्रम्हायणी सांस्कृतिक मंका खलः, मालिगाँ धिमय् खलः तथा कुसिको बाँसुरी खलःले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।

    त्यसैगरी, कार्यक्रम स्थल व्यवस्थापन तथा सहकार्यका लागि डि.जि. पार्टी प्यालेस परिवार, ज्यापु महागुथि दे समिति थेच्व, ज्यापु महागुथि जिल्ला समिति यल, ठेचो महिला जागरण बचत तथा ऋण सहकारी संस्था लि.,झी झी पुचः,कल्चरल आर्ट, मिसा पुचः, न्यूज २४ टि.भि.नेवा: सूचना केन्द्र  र पत्रकार प्रति विशेष आभार व्यक्त गरियो।सुरक्षा तथा व्यवस्थापनमा सहयोग पुर्‍याउनु हुने महानगरिय प्रहरी वृत्त चापागाउँ र महानगरिय ट्राफिक प्रहरी वृत्त चापागाउँको योगदान पनि प्रशंसनीय रहेको आयोजकले जनाएको छ।

     

     

     

     

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै