• TOKHA LIVE

    • २८ मंसिर २०८२, शनिबार ०९:३४

    टोखामा भक्तपुरको प्रसिद्ध नवदुर्गा नाच (गथु प्याखँ) प्रस्तुत हुँदै

     

    टोखा काठमाडौं २७ मंसिर / ऐतिहासिक र सांस्कृतिक नगरी टोखामा यस वर्ष भक्तपुरको प्रसिद्ध नवदुर्गा नाच (गथु प्याखँ) प्रत्यक्ष रूपमा अवलोकन गर्न पाइने भएको छ।

    टोखा नगरपालिकाको सहयोगमा वडा नं. २ र ३ को आयोजनामा, टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समिति तथा नेवा: गुथी टोखाको व्यवस्थापनमा यो विशेष सांस्कृतिक प्रस्तुति हुन लागेको हो।

    धार्मिक आस्था र परम्पराको जीवन्त प्रतीक मानिने नवदुर्गा नाचमा भैरव, महाकाली, वाराही, कुमारी, गणेश, ब्रह्मायणी, भद्रकाली, श्वेत भैरव, महेश्वरी, सिंह र धुम्रजस्ता देवगणहरूको नृत्यमार्फत दर्शकलाई आध्यात्मिक अनुभूति दिलाइनेछ।

    टोखावासी मात्र नभई सम्पूर्ण संस्कृतिप्रेमी दर्शकहरूलाई नवदुर्गाका देवगणहरूको दिव्य नृत्य अवलोकन गर्न हार्दिक आमन्त्रण गरिएको आयोजकले जनाएको छ। नवदुर्गा नाच मंसिर २९ गते तथा पौष १ र २ गते टोखामा प्रस्तुत हुनेछ।

    परम्परा, विश्वास र पहिचानलाई जोड्ने यस अनुपम सांस्कृतिक कार्यक्रमले टोखाको सांस्कृतिक गौरवलाई अझ उजागर गर्ने विश्वास लिइएको छ।फाेटाे/ अजय महर्जन

    Facebook Comments

    छुटाउनुभयो कि? सबै