• TOKHA LIVE

    • २५ मंसिर २०८२, बुधबार २०:५९

    ३५ वर्षको अनुभव अब प्राधिकरणकै हितमा खर्चिन्छु”: कार्यकारी निर्देशक शाक्य

     

    काठमाडौँ, २४ मङ्सिर।
    सर्वोच्च अदालतको फैसलापछि पुनः जिम्मेवारी सम्हाल्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जा क्षेत्रप्रतिको आफ्नो समर्पणलाई फेरि एकपटक खुला रुपमा प्रकट गर्नुभयो । ३५ वर्षको अनुभव बोकेर रत्नपार्कस्थित प्रधानकार्यालय पुगेका शाक्यको आवाजमा जिम्मेवारीप्रतिको आत्मविश्वास झल्किन्थ्यो “प्राधिकरणको हितका लागि मेरो सम्पूर्ण क्षमता लगाउँछु।”

    पदबहालीपछि बोल्दै उहाँले प्राधिकरणलाई पारदर्शी, नतिजामुखी र विश्वसनीय संस्थाका रूपमा अघि बढाउन आफू प्रतिवद्ध रहेको बताउनुभयो। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीसँग ऊर्जा क्षेत्रमा भएका समान दृष्टिकोणका कारण धेरै चुनौती हल गर्न सहज हुने उहाँको बुझाइ छ।

    शाक्यले भन्नुभयो, “ऊर्जा क्षेत्रमा चुनौती ठूला छन्, तर समाधान असम्भव छैन। मन्त्रीज्यूले ढुक्क हुनुभए हुन्छ, म पूर्ण dedication ले काम गर्छु। प्राधिकरणको पूरै टिमलाई साथमा लिएर अघि बढ्छु।”

    ऊर्जा क्षेत्रलाई देशको अर्थतन्त्रको ‘ड्राइभर’ भन्दै उनले यसकै विकासमार्फत राष्ट्रको आर्थिक उकासो सम्भव हुने आत्मविश्वास प्रकट गरे। हालै सरकारले निर्णय गरेको ट्रकलाइन र डेडिकेटेड लाइनका बक्यौता उठाउने कार्यलाई आफूले पहिलो प्राथमिकतामा राखेर अघि बढाउने पनि उनले स्पष्ट संकेत दिए।

    “यो संस्थागत निर्णय हो। प्राधिकरणले गर्नुपर्ने सबै काम गर्छौं, बक्यौता उठाउँछौं,” शाक्यले दृढ आवाजमा थप्नुभयो।

    ऊर्जा क्षेत्रप्रति उहाँको यो स्पष्टता र प्रतिबद्धताले प्राधिकरणभित्र नयाँ उत्साह ल्याउने अपेक्षा गरिएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै