• TOKHA LIVE

    • १५ मंसिर २०८२, आईतवार २०:५२

    कुमारी घरबाट २५ वर्षअघि चोरिएको तोरण बेलायतबाट फिर्ता

    काठमाडौँ, १४ मङ्सिरः
    करिब २५ वर्षअघि कुमारी घरबाट चोरी भएको ‘तोरण’ नामक महत्वपूर्ण पुरातात्विक सम्पदा नेपाल फर्काइएको छ। पुरातत्व विभागले स्वदेश तथा विदेशमा सक्रिय सम्पदा अभियन्ताहरूको समन्वयमा उक्त सामग्री बेलायतबाट नेपाल ल्याएको हो।

    मल्लकालीन समयमा निर्माण भएको यो तोरण २०५७ सालमा कुमारी घरबाट चोरी भएको थियो। पछि बेलायतस्थित एक सङ्ग्रहालयमा फेला परेपछि सरकार, विभिन्न संस्था र विशेषज्ञहरूको सहकार्यमा नेपाल फिर्ता ल्याई हालै सोही स्थानमा प्रतिस्थापन गरिएको विभागले जनाएको छ। प्रतिस्थापनअघि तोरणलाई राष्ट्रिय सङ्ग्रहालयमा राखिएको थियो।

    पुरातत्व अधिकृत सरिता सुवेदीका अनुसार अन्तरराष्ट्रिय कानुनअनुसार कुनै मुलुकको सम्पदा अर्को देशमा फेला परेमा कानुनी प्रक्रिया पूरा गरी फिर्ता गरिनुपर्छ। नेपालबाट हराएका मूर्ति तथा कलावस्तु विश्वका कुनै पनि देशमा फेला परेपछि विभागले तत्काल फिर्ता प्रक्रियामा अघि बढाउने बताइयो।

    सम्पदा फिर्ता गर्दा ढुवानी खर्च सम्बन्धित मुलुकले बेहोर्ने प्रावधान छ। नेपाली प्रवासी समुदाय तथा सम्पदा संरक्षणमा सक्रिय संघसंस्थाहरूले पनि निरन्तर सहयोग गर्दै आएका छन्।
    काठमाडौँ उपत्यकाका मठ–मन्दिरमा देखिने काष्ठकला, प्रस्तरकला, मूर्तिकला र वास्तुकलाका उत्कृष्ट नमूनाले मध्यकालीन कला विकास र समाजिक इतिहास अध्ययनमा ठूलो योगदान पुर्‍याउँदै आएका छन्।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै