Trending now
टोखाबाट देखिए उत्तरतर्फका हिमाल, सुनौलो किरणले हिमशृङ्खला चम्किए
२०८३ कार्तिक १४, शनिवार
१५ वर्षपछि टोखामा सामूहिक म्हः पूजा हुँदै, नेवाः गुथिले थाल्यो तयारी
२०८३ कार्तिक १४, शनिवार
वर्षाका कारण एनपीएलको खेल रद्द, लुम्बिनी र चितवनले अंक बाँडे
२०८३ कार्तिक १४, शनिवार
प्रहरी धरपकड र पक्राउविरुद्ध पत्रकारहरु सडकमा
२०८३ कार्तिक १४, शनिवार
‘काठमाडौं कथा नै कथामा बाँचेको सहर हो’ : कार्यवाहक प्रमुख डंगोल
२०८३ कार्तिक १४, शनिवार
काठमाडौँ, २८ कात्तिक । राजधानीको जीवित देवता परम्पराको केन्द्रबिन्दु कुमारीवहाल (कुमारीघर) को छानो चुहिन थालेपछि काठमाडौँ महानगरपालिका यसको व्यापक जीर्णोद्धारतर्फ अघि बढ्ने भएको छ। प्राविधिक मूल्यांकनअनुसार झिङ्गटी, काठ, पर्खाललगायत संरचनाको पुनःनिर्माण तथा मर्मत–सम्भारका लागि रु एक करोड २५ लाख ४७ हजार ८६४ लागत अनुमान गरिएको छ।
हनुमानढोका दरबार संरक्षण कार्यक्रमअन्तर्गत बसेको बैठकमा महानगरकी उपप्रमुख सुनिता डङ्गोलले वर्षा सुरू हुनुअघि नै सबै कार्य सक्नुपर्नेमा जोड दिँदै छानो जीर्णोद्धार प्रक्रिया तत्काल आरम्भ गर्न निर्देशन दिनुभयो। पछिल्ला वर्षायाममा पानी चुहिन थालेसँगै कुमारीघरको संरचनागत समस्या अझै चर्किएको थियो।
गत साउन २० गते गठन गरिएको प्राविधिक अध्ययन समितिले पुरातत्वविद् पुरुषोत्तम डङ्गोलको संयोजकत्वमा गरेको विस्तृत सर्वेक्षणले कुमारीघरको संरचनामा थुप्रै कमजोरी रहेको प्रस्ट पारेको छ।
समितिका सदस्य तथा आर्किटेक्ट अमित बज्राचार्यका अनुसार, “कुमारीघरमा अग्राखका काठ पर्याप्त प्रयोग नभएकाले संरचना दिगो हुन सकेको छैन। धेरै काठका अवयव कुकाठका भएकाले तत्काल मर्मत अपरिहार्य भएको छ।”
काठमाडौँको सांस्कृतिक पहिचान, इन्द्रजात्रा र जीवित देवी परम्पराको केन्द्रका रूपमा कुमारीघरको महत्व देशभरि नै विशेष छ। त्यसैले यसको संरक्षणप्रति स्थानीय, विशेषज्ञ तथा महानगर सबै गम्भीर छन्।
महानगरका अनुसार अब सरोकारवालासँग प्राप्त अन्तिम सुझावहरू समेट्दै छानो तथा काठका सबै जीर्ण भागको पुनर्निर्माण कार्य छिट्टै सुरू हुनेछ।
देशको सांस्कृतिक गौरव कुमारीघर जोगाउनु सबैको साझा दायित्व हो। संरक्षणको यही भावना लिएर अब यस ऐतिहासिक धरोहरको जीर्णोद्धार निर्णायक चरणमा प्रवेश गर्दैछ।

फाेटाे/टाेखालाइभ फाइल

