• TOKHA LIVE

    • २६ कार्तिक २०८२, मंगलवार ११:२८

    एनपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेल जनकपुर र काठमाडौंबीच

     

    काठमाडौं, कार्तिक २५।
    आगामी मंसिर १ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि खेल तालिका सार्वजनिक गरिएको छ।

    नेपाल क्रिकेट संघ (क्यान) ले आज तालिका सार्वजनिक गर्दै उद्घाटन खेल साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाज बीच हुने जनाएको छ। उक्त खेल मंसिर १ गते दिउँसो ४ बजे सुरु हुनेछ।

    क्यानका अनुसार लिग चरणमा सबै टोलीले एकअर्कासँग खेल्नेछन्। लिग चरणका खेल मंसिर २१ गतेसम्म सञ्चालन हुनेछन् भने मंसिर २३ गतेदेखि प्लेअफ चरण सुरु हुनेछ।

    प्लेअफअन्तर्गत लिग चरणको शीर्ष दुई टोलीबीच २३ गते पहिलो क्वालिफायर,
    तेस्रो र चौथो स्थानमा रहने टोलीबीच २४ गते एलिमिनेटर,
    २५ गते दोस्रो क्वालिफायर
    २७ गते ग्रान्ड फाइनल खेलिने कार्यक्रम रहेको छ।

     

    Facebook Comments

    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै