Trending now
टोखाबाट देखिए उत्तरतर्फका हिमाल, सुनौलो किरणले हिमशृङ्खला चम्किए
२०८३ कार्तिक १४, शनिवार
१५ वर्षपछि टोखामा सामूहिक म्हः पूजा हुँदै, नेवाः गुथिले थाल्यो तयारी
२०८३ कार्तिक १४, शनिवार
वर्षाका कारण एनपीएलको खेल रद्द, लुम्बिनी र चितवनले अंक बाँडे
२०८३ कार्तिक १४, शनिवार
प्रहरी धरपकड र पक्राउविरुद्ध पत्रकारहरु सडकमा
२०८३ कार्तिक १४, शनिवार
‘काठमाडौं कथा नै कथामा बाँचेको सहर हो’ : कार्यवाहक प्रमुख डंगोल
२०८३ कार्तिक १४, शनिवार
काठमाडौँ, कात्तिक ११ /नेपाल सम्बत ११४६ को अवसरमा चियापान, भेटघाट तथा “खोला मापदण्ड, भूमि माथिको हाम्रो सरोकार र देशको वर्तमान परिवेश” विषयक विशेष छलफल कार्यक्रम आयोजना गरिने भएको छ।
बिजेश्वरीस्थित नेपाल भाषा मंका खल भवनमा भूमि अधिकार संरक्षण समितिका अध्यक्ष श्यामकृष्ण प्रजापतिको संयोजकत्वमा बसेको बैठकले उक्त कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो।
बैठकले यही कात्तिक १५ गते शनिबार, हालसम्म काठमाडौँ, भक्तपुर र ललितपुरमा विधिवत गठन भएका मुख्य समिति अन्तर्गतका १५ इकाइ समितिको संयुक्त आयोजनामा बृहद् भेला गर्ने निर्णय गरेको छ।
उपत्यकास्तरीय तयारी समितिको संयोजन जिम्मेवारी विजय शाहीलाई दिइएको छ। सो भेलामा भूमि अधिकार, सरोकारवाला समुदायका प्रतिनिधि, विज्ञ, नीति–निर्माता तथा नेपाल सम्बतसँग सम्बन्धित व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहने जनाइएको छ।

