• TOKHA LIVE

    • १२ कार्तिक २०८२, मंगलवार १२:५८

    नेपाल सम्बत ११४६ को उपलक्ष्यमा भूमि अधिकार संरक्षण समितिद्वारा बृहद् चियापान तथा छलफल कार्यक्रम हुने

     

    काठमाडौँ, कात्तिक ११ /नेपाल सम्बत ११४६ को अवसरमा चियापान, भेटघाट तथा “खोला मापदण्ड, भूमि माथिको हाम्रो सरोकार र देशको वर्तमान परिवेश” विषयक विशेष छलफल कार्यक्रम आयोजना गरिने भएको छ।

    बिजेश्वरीस्थित नेपाल भाषा मंका खल भवनमा भूमि अधिकार संरक्षण समितिका अध्यक्ष श्यामकृष्ण प्रजापतिको संयोजकत्वमा बसेको बैठकले उक्त कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो।

    बैठकले यही कात्तिक १५ गते शनिबार, हालसम्म काठमाडौँ, भक्तपुर र ललितपुरमा विधिवत गठन भएका मुख्य समिति अन्तर्गतका १५ इकाइ समितिको संयुक्त आयोजनामा बृहद् भेला गर्ने निर्णय गरेको छ।

    उपत्यकास्तरीय तयारी समितिको संयोजन जिम्मेवारी विजय शाहीलाई दिइएको छ। सो भेलामा भूमि अधिकार, सरोकारवाला समुदायका प्रतिनिधि, विज्ञ, नीति–निर्माता तथा नेपाल सम्बतसँग सम्बन्धित व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहने जनाइएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै