• TOKHA LIVE

    • ९ कार्तिक २०८२, शनिबार १९:५२

    माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना प्रहरी नियन्त्रणमा

    काठमाडौँ, ८ कात्तिकः अनुमति बिना माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका ५० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    आज बिहानदेखि ‘जेनजी युनाइटेड’का सदस्यहरू माइतीघरमा प्रदर्शनका लागि भेला भएका थिए। जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले उनीहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो।

    प्रहरीका अनुसार स्थानीय प्रशासनको अनुमतिबिना प्रदर्शन गर्न खोजिएको र अन्य जेनजी समूहबीच सम्भावित झडपको जोखिम देखिएकाले प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा परेकामध्ये २४ महिला र २६ पुरुष रहेका छन्।

    जेनजी युनाइटेडका अगुवा मदन कार्कीले आफूहरूले प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट अनुमति माग्दा नपाएको बताए। उहाँले प्रहरी प्रशासनले लोकतान्त्रिक अधिकार प्रयोग गर्न नदिएको आरोप लगाउनुभयो।“हामी जेनजीहरूबीच एकता र सकारात्मक सन्देश फैलाउन निस्किएका थियौँ, तर हामीलाई रोकियो। अनुमति माग्दा पनि दिइएन,”

    Facebook Comments

    छुटाउनुभयो कि? सबै