• TOKHA LIVE

      TOKHA LIVE

    • ८ कार्तिक २०८२, शुक्रबार १९:३१

    स्वयम्भूमा स्रोत नखुलेको ६९.८५ लाखसहित दुई जना पक्राउ

    काठमाडौँ, ७ कात्तिक /काठमाडौँ स्वयम्भूबाट स्रोत नखुलेको ६९ लाख ८५ हजार रुपैयाँसहित एक नेपाली र एक चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

    काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीका अनुसार पक्राउ परेकामा ३८ वर्षीय चिनियाँ नागरिक जियाओ याङ्ग र धादिङको नीलकण्ठ नगरपालिकाकी २२ वर्षीया रोजिना सुनार रहेका छन्।

    प्रहरीका अनुसार उनीहरूको भाडामा लिएको कोठाबाट सुनका गहना समेत बरामद गरिएको छ। अतिरिक्त महानिरीक्षक कार्कीले बताए, “स्रोत नखुलेको रकमसहित पक्राउ परेकाहरूको विषयमा आवश्यक थप अनुसन्धान भइरहेको छ।”

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै