Trending now
टोखाबाट देखिए उत्तरतर्फका हिमाल, सुनौलो किरणले हिमशृङ्खला चम्किए
२०८३ कार्तिक १४, शनिवार
१५ वर्षपछि टोखामा सामूहिक म्हः पूजा हुँदै, नेवाः गुथिले थाल्यो तयारी
२०८३ कार्तिक १४, शनिवार
वर्षाका कारण एनपीएलको खेल रद्द, लुम्बिनी र चितवनले अंक बाँडे
२०८३ कार्तिक १४, शनिवार
प्रहरी धरपकड र पक्राउविरुद्ध पत्रकारहरु सडकमा
२०८३ कार्तिक १४, शनिवार
‘काठमाडौं कथा नै कथामा बाँचेको सहर हो’ : कार्यवाहक प्रमुख डंगोल
२०८३ कार्तिक १४, शनिवार
काठमाडौँ, ७ कात्तिकः पशुपति क्षेत्रअन्तर्गत गौरीघाटदेखि गुह्येश्वरीसम्मको वाग्मती नदी किनारमा यस वर्षको छठ पर्वको तयारी सुरु गरिएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो सूर्य उपासना पर्वका लागि गुह्येश्वरी छठ समितिले करिब २०० वटा घाट निर्माणको काम धमाधम अघि बढाइरहेको छ ।
बाँस, माटो र डोरीको प्रयोग गरेर घाट निर्माण भइरहेको छ भने नदी किनार सफा र सिँगार्ने कार्य पनि सुरु भएको समितिले जनाएको छ । यस वर्ष छठको मुख्य दिन कात्तिक १० गते सोमबार पर्दछ, जस दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ । त्यसपछि कात्तिक ११ गते मंगलबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पर्व सम्पन्न हुनेछ ।
गुह्येश्वरी मन्दिर अघिदेखि गौरीघाटसम्मको नदी किनारमा छठघाटहरू रंगीन बत्ती र फूलमालाले सजाइँदै छन् । भक्तजनहरू उखुको लाँक्रा, केराको घरी र पूजा सामग्रीसहित नदी किनारमा बसेर अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्ने तयारीमा छन् ।
छठ पर्वमा व्रत धारण गर्ने महिलाहरू सोमबार बिहान स्नान गरी चोखोनितो भएर व्रत बस्छन् । मंगलबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि व्रत पूरा गरिन्छ । धार्मिक विश्वासअनुसार यसरी छठ मनाएमा मनोकामना पूरा हुने र छाला तथा आँखाका रोग नलाग्ने मान्यता रहँदै आएको छ ।
समिति सदस्य चन्द्रकान्त यादवका अनुसार, “यस वर्ष पनि भक्तजनको ठूलो भीड अपेक्षित छ, त्यसैले नदी किनार सफा र सुरक्षित बनाउने कार्यमा हामी जुटिरहेका छौं,” उहाँले बताउनुभयो ।

