• TOKHA LIVE

    • ३० आश्विन २०८२, बिहीबार २२:०१

    ऐतिहासिक नगरी टोखा देय् स्वन्ती नख: मनाउने तिथिहरू सार्वजनिक , नेवा: समुदायबीच समन्वयमा निर्णय

     

    टोखा, असोज ३०।
    ऐतिहासिक तथा सांस्कृतिक नगरी टोखा देयमा यस वर्ष मनाइने स्वन्ती नख: /तिहार पर्वका तिथिहरू सार्वजनिक भएका छन्।
    टोखाका मूः नायो हेमराज श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले पर्वका तिथिहरू औपचारिक रूपमा निर्धारण गरेको हो।

    बैठकमा टोखा वडा नं. २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, वडा नं. ३ का अध्यक्ष रमेश डंगोल, नेवा: गुठि टोखाका अध्यक्ष रमेश नापित, टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ, नेवा देय दबुका केन्द्रीय महासचिव सत्यनारायण डंगोल, र नेवा: गुठि टोखाका महासचिव हेरकाजी डंगोलको सहभागिता र सहमतिमा यो निर्णय गरिएको हो।


    स्वन्ती ( तिहार ) पर्वका तिथिहरूः

    • कार्तिक २ गते (आइतबार) – कोः पूजा/काग तिहार
    • कार्तिक ३ गते (सोमबार) – खिचा पूजा/कुकुर तिहार
    • कार्तिक ४ गते (मंगलबार) – लक्ष्मी पूजा
    • कार्तिक ५ गते (बुधबार) – म्हः पूजा (न्हुँ दंया भिन्तुना ११४६ प्रारम्भ)
    • कार्तिक ६ गते (बिहीबार) – किजा पूजा/ भाइतिका

    बैठकले टोखाबासी तथा सम्पूर्ण नेवा: समुदायका सदस्यहरूलाई उक्त तिथिहरू अनुसार श्रद्धा, परम्परा र मिलनको भावना सहित पर्व मनाउन आग्रह गरेको छ।

    मूः नायो हेमराज श्रेष्ठले “स्वन्ती केवल पूजाको समय होइन, यो आत्म–शुद्धीकरण, परिवारिक मिलन र समुदायिक एकताको क्षण हो। सबैले यसलाई साझा पहिचानको पर्वका रूपमा मनाउनुपर्नेमा जोड दिनुभयो ।

    टोखा नगरपालिकाको मुटुमा बसोबास गर्ने नेवार समुदायका लागि स्वन्ती पर्व हर्ष, उल्लास र आत्मीयता बाँड्ने समयको प्रतीक हो।
    प्रत्येक वर्षझैँ यो वर्ष पनि टोखामा स्वन्तीको रमाइलो र धार्मिक उल्लासले शहर झन् जीवन्त बन्ने अपेक्षा गरिएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै