Trending now
टोखाबाट देखिए उत्तरतर्फका हिमाल, सुनौलो किरणले हिमशृङ्खला चम्किए
२०८३ कार्तिक १४, शनिवार
१५ वर्षपछि टोखामा सामूहिक म्हः पूजा हुँदै, नेवाः गुथिले थाल्यो तयारी
२०८३ कार्तिक १४, शनिवार
वर्षाका कारण एनपीएलको खेल रद्द, लुम्बिनी र चितवनले अंक बाँडे
२०८३ कार्तिक १४, शनिवार
प्रहरी धरपकड र पक्राउविरुद्ध पत्रकारहरु सडकमा
२०८३ कार्तिक १४, शनिवार
‘काठमाडौं कथा नै कथामा बाँचेको सहर हो’ : कार्यवाहक प्रमुख डंगोल
२०८३ कार्तिक १४, शनिवार
काठमाडौँ, २४ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षा गर्न आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सबै राजनीतिक दलहरू एकजुट हुन आग्रह गर्नुभएको छ।
शीतलनिवासमा भएको सर्वदलीय बैठकमा उहाँले निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न सरकारलाई आवश्यक शान्ति–सुरक्षा सुनिश्चित गर्न निर्देशन दिनुभएको हो। राष्ट्रपति पौडेलले भन्नुभयो,“निर्वाचनबाहेक अन्य विकल्प खोज्न थालिए देश कहाँ पुग्छ भन्ने सोच्नुपर्छ।”
उहाँले राजनीतिक दलहरूलाई जनतामाझ जान, जेनजी समूहको माग सम्बोधन गर्दै लोकतान्त्रिक बाटोबाट अघि बढ्न पनि सुझाव दिनुभयो।
बैठकमा सहभागी नेताहरूले लोकतन्त्रमा आस्था राख्ने दलहरू निष्पक्ष र स्वतन्त्र चुनावमा सधैं तयार रहेको बताउँदै निर्वाचनका लागि सुरक्षित वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।
प्रधानमन्त्री सुशीला कार्कीले पनि सरकार स्वतन्त्र, निष्पक्ष र भयरहित चुनाव गराउन प्रतिबद्ध रहेको बताउँदै भनिन् “जेनजी समूह हाम्रा छोरा–नाति हुन्, उनीहरूको असन्तुष्टि बुझेर परिवर्तनलाई आत्मसात गर्नुपर्छ।”

