काठमाडौँ, २४ असोज । काठमाडौँको टोखा नगरपालिका–२ चण्डेश्वरीमा एक पुरुषको हत्या अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही स्थान बस्ने उदयपुर घर भएका २७ वर्षीय गणेश लामा र सिन्धुली घर भएका ४० वर्षीय खुपबहादुर तामाङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो।
प्रवक्ता भट्टराईका अनुसार वादविवादको क्रममा उनीहरूले फलामको रड प्रहार गर्दा पाँचथर घर भएका ४० वर्षीय राम लिम्बू गम्भीर घाइते भएका थिए। घाइते अवस्थामै ट्रमा सेन्टरमा उपचारका क्रममा लिम्बूको मृत्यु भएको थियो।
घटनापछि प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको टोलीले अभियुक्तहरूलाई गए राति नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।