• TOKHA LIVE

    • २० आश्विन २०८२, सोमबार १९:४१

    मनसुन बाहिरिन थाल्यो

    काठमाडौँ, २० असोज : जल तथा मौसम विज्ञान विभागले आजदेखि देशबाट मनसुन बाहिरिन थालेको जनाएको छ ।

    विभागले जारी गरेको आजको ‘बुलेटिन’ अनुसार यस वर्षको मनसुन सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशको पश्चिमी भू–भागका अधिकांश स्थान र गण्डकी प्रदेशको पश्चिमी भू–भागका केही स्थानहरूबाट बाहिरिसकेको छ ।

    विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार हाल मनसुनी वायु क्रमशः कमजोर हुँदै गएको छ, जसका कारण केही दिनभित्र नै देशका बाँकी भागबाट पनि मनसुन पूर्णरूपमा बाहिरिने सम्भावना रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाले मनसुन बहिर्गमन प्रक्रियालाई नियमितरूपमा अनुगमन गर्दै आगामी दिनमा यसको अद्यावधिक जानकारी सार्वजनिक गर्ने जनाएको छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै