काठमाडौँ, १९ असोजः
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भई फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दाङको तुलसीपुर उपमहानगरपालिका–१६ निवासी प्रतिवादी सन्देश शर्मालाई पक्राउ गरेको हो।
कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार शर्मालाई ललितपुरबाट पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि कारागार पठाइएको छ।
फरार शर्मा गत भदौ २३ र २४ गतेको “जेनजी आन्दोलन” का क्रममा नख्खु कारागारबाट भागेका थिए। लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका उनलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ।

