• TOKHA LIVE

    • १९ आश्विन २०८२, आईतवार १८:२७

    विपद्का घटनाबाट देशभर ४० जनाको मृत्यु, ११ जना बेपत्ता

    काठमाडौँ, १९ असोजः पछिल्ला दुई दिनयता देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो, चट्याङ र सवारी दुर्घटनाजस्ता विपद्का घटनाले ठूलो जनधनको क्षति पुर्‍याएको छ । सशस्त्र प्रहरी बल नेपालका अनुसार यी घटनामा परी ४० जनाको मृत्यु, ११ जना बेपत्ता१३ जना घाइते भएका छन् ।

    सबैभन्दा बढी क्षति इलाम जिल्लामा भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । इलाममा मात्रै बाढीपहिरोका कारण २८ जनाको मृत्युदुई जना गम्भीर घाइते भएका छन् ।

    जिल्लागत विवरणअनुसार —

    • सूर्योदय नगरपालिका : ५ जना
    • इलाम नगरपालिका : ६ जना
    • देउमाई नगरपालिका : २ जना
    • फाकफोकथुम गाउँपालिका : १ जना
    • माङ्सेबुङ गाउँपालिका : ३ जना
    • माइजोगमाई गाउँपालिका : ८ जना
    • सन्दकपुर गाउँपालिका : ३ जनाको मृत्यु भएको छ ।

    त्यसैगरी, बाढीपहिरोका कारण

    • उदयपुरमा २,
    • रौतहटमा ३,
    • रसुवामा ४
    • काठमाडौँमा १ जना को ज्यान गएको छ ।

    यता खोटाङ, भोजपुर, रौतहट र मकवानपुरमा चट्याङ लागेर ८ जना घाइते भएका छन् ।
    त्यस्तै, पाँचथरमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु६ जना घाइते भएको सशस्त्र प्रहरीले जनाएको छ ।

    उद्धार टोलीले बेपत्ता भएकाको खोजी कार्य जारी राखेको र मौसम सुधारसँगै राहत तथा उद्धार कार्यलाई थप तीव्र बनाइएको छ ।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै