• TOKHA LIVE

    • १९ आश्विन २०८२, आईतवार १८:२५

    इलाममा पहिरोमा परी १४ जनाको मृत्यु

    काठमाडौँ, १९ असोज : निरन्तर वर्षापछि इलामका विभिन्न ठाउँमा आएको पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ । हालसम्म पहिरोमा पुरिएर १४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

    प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार माइजोगमाई गाउँपालिका–५ मानेभञ्ज्याङमा पाँच, इलाम नगरपालिका–६ घोसमा छ र माङ्सेबुङ गाउँपालिका–१ मा तीन जनाको मृत्यु भएको हो ।

    उहाँले बताउनुभयो कि केही स्थान अत्यन्तै दुर्गम र सडक अवरुद्ध भएकाले उद्धार टोलीलाई घटनास्थल पुग्न कठिन भइरहेको छ । यद्यपि स्थानीय बासिन्दाले आफ्नै पहलमा उद्धारकार्य जारी राखेका छन् र मृतकको सङ्ख्या अझै बढ्न सक्ने सम्भावना रहेको छ ।

    यसैबीच, सशस्त्र प्रहरी बल नेपालका अनुसार पहिरोमा परी नौ जना बेपत्ता भएका छन् । उद्धार टोलीले खोजी कार्य तीव्र पारेको र थप विवरण आउँदै गरेको जनाइएको छ ।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै