• TOKHA LIVE

    • १९ आश्विन २०८२, आईतवार १८:१९

    बाढीपहिरोले अधिकांश राजमार्ग अवरुद्ध

    काठमाडौँ, १९ असोजः देशका विभिन्न भागमा निरन्तर वर्षापछि आएको बाढीपहिरोका कारण अधिकांश राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ ।

    पृथ्वी लोकमार्गको जवाङखोलामा पहिरो खस्दा मार्ग पूर्णरूपमा बन्द भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । त्यस्तै, नारायणगढ–मुग्लिन सडक खण्ड पनि पहिरोले प्रभावित बनेको छ, यद्यपि हाल यो बाटो एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेको छ ।

    काभ्रेपलाञ्चोकस्थित बीपी र अरनिको राजमार्गमा दुवैतर्फी सवारीसाधन आवागमन अनिश्चित समयका लागि रोकिएको छ । रसुवाको पासाङल्हामु राजमार्ग पनि पहिरोका कारण बन्द भएको छ ।

    त्यस्तै, सङ्खुवासभाको वरुणखोला क्षेत्रमा कोशी राजमार्ग तथा खाँदबारीदेखि किमाथाङ्का र थुमसुरतर्फ जाने खण्डमा समेत सवारीसाधन सञ्चालन हुन नसकेको बताइएको छ ।

    ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग, मकवानपुरको फाखेल–हुमाने–काठमाडौँ सडक खण्ड पनि अवरुद्ध छन् । साथै, कान्तिलोकपथ, कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौँ सडकसमेत बन्द भएको छ ।

    यस्तै, मदन भण्डारी राजमार्ग सिन्धुलीको सिन्दुरे दोभानमा रोकिएको छ भने कोशी लोकमार्गअन्तर्गत साघँुरीगढी गाउँपालिकाको चनौटे र सिमसुवामा समेत बाटो अवरुद्ध भएको जनाइएको छ ।

    प्रहरीले वर्षा रोकिएसँगै पहिरो पन्छाउने र सडक सञ्चालनमा ल्याउने कार्य भइरहेको जनाएको छ ।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै