• TOKHA LIVE

    • १८ आश्विन २०८२, शनिबार १६:४१

    बितेका १२ घण्टामा सबैभन्दा बढी वर्षा पर्सामा

    काठमाडौँ, १८ असोजः बितेका १२ घण्टामा देशभरमध्ये सबैभन्दा बढी वर्षा पर्साको वीरगञ्जमा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार वीरगञ्जमा १४३ मिलिमिटर वर्षा मापन गरिएको छ।

    यसैगरी बारामा १४०.४ मिलिमिटर, रौतहटको गौरमा १२९ मिलिमिटर र रौतहटकै महेशपुरमा १२४ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ।

    विभागका अनुसार वारा र पर्सामा अति भारी वर्षा भएको छ भने देशको मध्य क्षेत्रमा बढी वर्षा देखिएको छ। तराई क्षेत्रमा केन्द्रित वर्षा नवलपरासीदेखि पूर्व धनकुटासम्म देखिएको छ।

    यस्तै, सिन्धुपाल्चोकदेखि दोलखासम्म र काठमाडौं उपत्यकासहित १४ जिल्लामा ५० मिलिमिटरभन्दा बढी वर्षा भएको छ। साथै ५० भन्दा बढी वर्षा मापन केन्द्रमा ३० देखि ५० मिलिमिटरसम्म वर्षा भएको छ।

    हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण वर्षा भइरहेको छ। विभागले अर्को मौसमी प्रणाली सक्रिय हुने सम्भावना रहेकोले आज राति पनि धेरै स्थानमा भारी वर्षा हुने अनुमान गरेको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै