• TOKHA LIVE

    • १८ आश्विन २०८२, शनिबार १६:२५

    टाेखा नगरपालिका क्षेत्रमा मनसुनजन्य विपद् निम्तिएमा सहायताका लागि कसलाई सम्पर्क गर्ने ?

     

    टाेखा काठमाडौं २८ असोज/ टाेखा नगरपालिकाले नगर क्षेत्रमा मनसुनजन्य कुनै विपद् निम्तिएमा सहायताका लागि सम्पर्क स्थापित गर्न सम्पर्क नम्बर सार्वजनिक गरेको छ ।

    नगर क्षेत्रमा मनसुन जन्य कुनै विपद् निम्तिएको अवस्थामा नगरप्रमुख प्रकाश अधिकारी , नगर उपप्रमुख मुरारी तामाङ , नगरका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराई , टोखा, विपद व्यवस्थापन समिति,टोखा, विपद व्यवस्थापन शाखा,टोखा, स्वास्थ्य शाखा,टोखा, नगर प्रहरी बल, निःशुल्क एम्बुलेन्स सेवा टाेखा लगायतलाई सम्पर्क गर्न सकिने टाेखा नगरपालिकाले जनाएको छ ।

    टाेखा नगर क्षेत्रमा बिहीबारदेखि नै छिटपुट वर्षा भइरहेको छ भने शनिबार दिउँसोदेखि नेपालका विभिन्न क्षेत्रमा भारी तथा अति भारी वर्षा हुने मौसमविद्ले बताएका छन्।मौसमविद् विनोद पोखरेलका अनुसार उपत्यकामा ८ देखि १० घण्टासम्म भारी वर्षाको सम्भावना छ।

    शनिबारदेखि आइतबारसम्म भारी वर्षाको सम्भावना भएकाले शनिबार बेलुका विशेष सतर्कता अपनाउन जरुरी रहेको मौसमविद्को भनाइ छ। मौसम पूर्वानुमान महाशाखाले पनि यसअघि मौसम बुलेटिन जारी गरी १७ असोजदेखि २० असोजसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका विभिन्न जिल्लामा मध्यमदेखि भारी वर्षाको जोखिम रहेकाले सचेतना अपनाउन भनेको छ।

    राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि यो चार दिनको अवधिमा अनिवार्यबाहेक अवस्थामा यात्रा नगर्न आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान तथा प्रेषित सूचना बमोजिम यही असोज २० गतेसम्म भारी वर्षा हुने र सोबाट जोखिमयुक्त स्थानहरुमा बाढी, पहिरो, भू-क्षय जस्ता विपद्धन्य घटनाहरु घट्न सक्ने सम्भावना भएकोले उल्लेखित मितिसम्म नदी किनारका बस्ती, सडकमा एक्कासी बाढी आउन सक्ने, भिरालो जमिनमा पहिरो आउन सक्ने, सडक भासिन सक्ने सम्भावनालाई मध्यनजर गरी उच्च सतर्कता अपनाउनु हुन नगरपालिकाले सबैमा विनम्र अनुरोध गरेको छ । अत्यन्त जरुरी नभई सकेसम्म उक्त अवधिमा यात्रा नगर्नु हुन एवं रातको समयमा घरवाहिर ननिस्किनु हुन सूचनामा अनुरोध गरेको छ ।

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै