• TOKHA LIVE

    • १५ आश्विन २०८२, बुधबार २०:४०

    टोखाकी जीवित देवी गणेश कुमारीको कुम:फेकेगु/ विशेष पूजा सम्पन्न

     

    काठमाडौँ, असोज १५ /
    ऐतिहासिक सांस्कृतिक नगरी टोखामा विजयादशमी तथा खड्ग जात्राको पूर्वसन्ध्यामा विशेष धार्मिक र सांस्कृतिक अनुष्ठान सम्पन्न भएको छ।आज तलेजु भवानीबाट ल्याइएको पूजा–फूल र प्रसाद सहित टोखाकी जीवित देवी गणेश कुमारीको विशेष पूजा “कुम: फेकेगु पर्व” विधिपूर्वक सम्पन्न गरिएको हो।

    यस अवसरमा टोखाका मुल नायो हेमराज श्रेष्ठ, नायो मां सेते डंगोल, सरकारबाट नियुक्त पुजारी राजेन्द्र कर्माचार्य, बाह्र थकाली गुरुहरू, साथै इन्द्रयाणी दापा खल:का सदस्यहरूको उपस्थितिमा जीवित देवीको पूजा अर्चना गरिएको थियो।स्थानीय विश्वास अनुसार यो पूजा सम्पन्न भएपछि विजयादशमी र खड्ग जात्राका सम्पूर्ण धार्मिक क्रियाकलाप औपचारिक रूपमा सुरु हुने परम्परा रहिआएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै