• TOKHA LIVE

    • १४ आश्विन २०८२, मंगलवार १९:५२

    काठमाडौँमा नयाँ कुमारी आर्यतारा शाक्यको प्रवेश, तृष्णा शाक्यलाई बिदाई

     

    नविना श्रेष्ठ
    असोज १४, २०८२

    काठमाडौँमा जीवित देवीको परम्पराअनुसार नयाँ कुमारीको प्रवेश र निवर्तमान कुमारीको बिदाई सम्पन्न गरिएको छ।

    शाक्य महाविहार संघले सहरका १५ वटा बिहारलाई पठाएको पत्रमार्फत नाम सिफारिस आइसकेपछि, कडा मापदण्ड पूरा गर्ने तीन नानी मात्र अन्तिम सूचीमा परेका थिए। निर्णायक मण्डल, गुठी संस्थान र पञ्चाङ्ग निर्णायक समितिको सल्लाहमा मंगलबार परम्परागत विधिअनुसार आर्यतारा शाक्यलाई नयाँ कुमारीका रूपमा चयन गरिएको हो।

    साढे दुई वर्षभन्दा बढी उमेरकी आर्यतारालाई दिउँसो १२:०५ देखि १२:१६ बजेसम्म विशेष समारोहबीच तलिजु भवानीको दर्शन गराई कुमारी घरमा विराजमान गराइएको थियो।

    छोरीलाई कुमारी घरमा पुर्‍याउँदा बुवाको आँसु रोक्न कठिन भएको परिवारले अनुभव सुनाए। नयाँ कुमारी आर्यतारा अबदेखि कुमारी घरमै आसनमा विराजमान हुनेछिन्।

    यससँगै, काठमाडौँकी जीवित देवीका रूपमा विराजमान रहिएकी निवर्तमान कुमारी तृष्णा शाक्यलाई बाजागाजासहित बिदाई गरिएको छ। यस दिनसँगै काठमाडौँको जीवित देवीको इतिहासमा अर्को अध्याय थपिएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै