Trending now
टोखाबाट देखिए उत्तरतर्फका हिमाल, सुनौलो किरणले हिमशृङ्खला चम्किए
२०८३ कार्तिक १४, शनिवार
१५ वर्षपछि टोखामा सामूहिक म्हः पूजा हुँदै, नेवाः गुथिले थाल्यो तयारी
२०८३ कार्तिक १४, शनिवार
वर्षाका कारण एनपीएलको खेल रद्द, लुम्बिनी र चितवनले अंक बाँडे
२०८३ कार्तिक १४, शनिवार
प्रहरी धरपकड र पक्राउविरुद्ध पत्रकारहरु सडकमा
२०८३ कार्तिक १४, शनिवार
‘काठमाडौं कथा नै कथामा बाँचेको सहर हो’ : कार्यवाहक प्रमुख डंगोल
२०८३ कार्तिक १४, शनिवार
काठमाडौँ, १२ असोज । यस वर्षको पचली भैरव जात्रा परम्परागत विधिअनुसार सम्पन्न गरिएको छ । जीवितदेवी कुमारीलाई असोज शुक्ल पञ्चमीको राति पचली भैरवको दर्शन गराएपछि सुरु भएको यो जात्रा आज विधिपूर्वक समापन भएको हो ।
जनविश्वासअनुसार कुमारीले भैरवको दर्शन गरेपछि दिव्य शक्ति प्राप्त गर्ने मान्यता रहँदै आएको छ । त्यसैअनुसार पचली पीठबाट विशेष बाजागाजासहित भैरवलाई हनुमानढोकासम्म ल्याइएर कुमारीलाई दर्शन गराइएको थियो ।
चित्रकारले घ्याम्पोमा तयार पारेको भैरवको विम्बसहित निकालिएको खटले भित्री सहरका टेकु, लगन, ज्याबहाल, मरु, हनुमानढोका, दलाछी, श्वेतभैरव, यङ्गाललगायत स्थानको परिक्रमा गर्यो । यात्राको क्रममा स्थानीय टोलमा भक्तजनको ठूलो भीड लागेको थियो ।
जात्रा व्यवस्थापन समिति संयोजक एवं काठमाडौँ महानगरपालिका–१२ का वडाध्यक्ष बालकृष्ण महर्जनका अनुसार पचली भैरवलाई टेकुमा स्थापना गर्नुको उद्देश्य समाजलाई नकारात्मक शक्तिबाट संरक्षण गर्नु हो । उहाँले काठमाडौंको कला, संस्कृति र परम्पराको संरक्षणका लागि भैरव जात्रा निरन्तर सञ्चालन हुँदै आएको बताए ।
नेवार समुदायले उपत्यकाको शान्ति, सुरक्षा र समृद्धिका लागि यो जात्रालाई महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा मान्दै आएको छ ।

