• TOKHA LIVE

    • १० आश्विन २०८२, शुक्रबार २१:००

    गोकर्णेश्वरबाट रिभल्वरसहित २१ वर्षीय युवा पक्राउ

    काठमाडौँ, असोज १० /काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ नयाँ बस्तीबाट प्रहरीले एक युवालाई रिभल्वर र बिनेटसहित पक्राउ गरेको छ।

    पक्राउ पर्ने युवक सिन्धुपाल्चोक घर भएका २१ वर्षीय विजय तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पूर्णिमा चन्दले जानकारी दिइन्।

    उनका अनुसार बौद्ध प्रहरी वृत्तबाट खटिएको टोलीले तामाङको कोठामा खानतलासी गर्दा रिभल्वर एक थान र बिनेट एक थान बरामद गरेको हो।

    प्रहरीले तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै