• TOKHA LIVE

    • ७ आश्विन २०८२, मंगलवार १८:१७

    जेनजी आन्दोलनमा २२ अर्बभन्दा बढीको बिमा दाबी

    जेनजी आन्दोलनमा २२ अर्बभन्दा बढीको बिमा दाबी

    काठमाडौँ, ७ असोज –
    भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनले देशभर ठूलो क्षति पुर्‍याएको छ। त्यसैको प्रत्यक्ष असर अहिले बिमा क्षेत्रमा देखिएको छ। नेपाल बिमा प्राधिकरणका अनुसार हालसम्म करिब २२ अर्ब २५ करोड रुपैयाँ बराबरको बिमा दाबी दर्ता भएको छ।

    सबैभन्दा बढी क्षति बागमती प्रदेशमा भएको छ, जहाँ मात्रै करिब १७ अर्ब ९७ करोड रुपैयाँ बराबरको दाबी परेको छ। प्राधिकरणका अनुसार कुल २,४७८ वटा दाबी आवेदन बिमा कम्पनीहरूमा दर्ता भएका छन्। यसमध्ये १,३४३ वटा दाबी बागमतीमै परेका छन्।

    माइक्रो इन्स्योरेन्ससहित १८ वटा बिमा कम्पनीमा दाबी दर्ता भएको छ। तीमध्ये सबैभन्दा धेरै दाबी ओरियन्टल इन्स्योरेन्स (५ अर्ब २२ करोड) र सिद्धार्थ इन्स्योरेन्स (५ अर्ब ८ करोड) मा परेको छ।

    दाबीको स्वरूप हेर्दा,

    • सम्पत्ति बिमा : ५३८
    • मोटर बिमा : १,७७८
    • इञ्जिनियरिङ/ठेकेदार जोखिम : १३२
    • परिवहन : ११
    • अन्य : १९

    प्रदेशगत विवरण:

    • कोशी – ३२२
    • मधेश – २४६
    • बागमती – १,३४३
    • गण्डकी – १८४
    • लुम्बिनी – २०२
    • कर्णाली – २२
    • सुदूरपश्चिम – १५९

    बिमा प्राधिकरणका अनुसार आन्दोलनका क्रममा निजी तथा सरकारी सम्पत्तिमा आगजनी, तोडफोड र नोक्सानी भएकै कारण दाबीको मात्रा यतिधेरै पुगेको हो। अझै पनि नयाँ दाबी आउने क्रम जारी भएकाले क्षतिको वास्तविक हिसाब अझै बढ्न सक्ने अनुमान गरिएको छ।

    आन्दोलनका क्षणिक आवेगले सिर्जना गरेको यो विनाशकारी अवस्था अब बिमा दाबीमार्फत् आँकलन हुँदैछ, जसले पीडितलाई राहत त दिनेछ, तर देशले बेहोरेको घाउ अझै लामो समयसम्म मेटिनसक्ने देखिँदैन।


    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै